ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन


एबीसी न्यूज
१३ बैशाख २०८३, आइतबार   ६ : ५०   बजे

काठमाडौं, १३ वैशाख । सरकारले काठमाडौंको थापाथली(गैरीगाउँ(सिनामंगल लगायत क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ ।

आइतबार यी बस्तीहरू खाली गराइएको हो । मनोहरा क्षेत्रका सुकुमवासी बस्ती हटाउने क्रम अहिले जारी छ ।यी क्षेत्रबाट हटाइएका सुकुमवासीहरूलाई सरकारले कीर्तिपुर लगायतका क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गरेको छ । बस्ती छाडेर सम्पर्कमा आएकाहरूलाई सरकारले ‘स्क्रिनिङ’ प्रक्रियामा सामेल गरी अस्थायी सेल्टरमा लगेर व्यवस्थापन गरेको हो ।स्क्रिनिङका लागि भूमि सुधार र सहरी विकास मन्त्रालय तथा काठमाडौं महानगरपालिकाको टोली खटिएका थिए  । टोलीले उनीहरूको व्यक्तिगत विवरण, पारिवारिक विवरण र सामानको विवरण लिएको थियो ।सम्पर्कमा आएकाहरूलाई सरकारले कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा लगेर राखेको छ ।यसबाहेक उपत्यकाका विभिन्न ठाउँबाट विस्थापित हुने सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र र ललितपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने व्यवस्था सरकारले मिलाएको छ ।

अस्थायी सेल्टरमा बसेका सुकुमवासीहरूलाई काठमाडौं महानगरपालिकाले खानाको व्यवस्था समेत गरेको छ । महानगरले उनीहरूलाई प्याकेटको खाना व्यवस्था गरेको छ । शनिबार साँझ र आज बिहानका लागि बाहिरबाट ल्याइएको प्याकेटको खाना खुवाइएको छ ।अस्थायी सेल्टरमा बसेका सुकुमवासीहरूलाई आइतबार बिहान चिया र बिस्कुटको व्यवस्था गरिएको थियो । तर केहीले त्यो पनि खान नपाएको भन्दै गुनासो गरेका छन् । मध्यान्ह १२ बजे खाना आएपछि लाइन लगाएर खानाको प्याकेट वितरण गरिएको थियो ।

वर्षौंदेखि बस्दै आएको बस्ती छाड्नुपरेको पीडा बोकेका उनीहरूले एक प्यकेट खानाले पेट नभरिने भन्दै आक्रोश पोखेका थिए । महानगरले उपलब्ध गराएको एक प्याकेट खानाले पेट नभरिने भन्दै उनीहरूले चित्त दुःखाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu