ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित


एबीसी न्यूज
२५ बैशाख २०८३, शुक्रबार   ६ : ३८   बजे

काठमाडौं, २५ वैशाख । एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई ३ विकेटले हराएको छ ।

अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । नेपाल ‘ए’ का मयन यादवले ७२ रन बनाए । अमेरिकाका मिलिन्द कुमारले २ विकेट लिए ।

यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनायो । अमेरिकाका स्मित पटेलले शतक बनाए । पटेल १०८ बलमा ११६ रन जोडेर आउट भए । नेपाल ‘ए’ का पवन सर्राफले २ तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रशिद खान र नारायण जोशीले १र१ विकेट लिए ।

एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा हिजो नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनले हराएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलिरहेको हो । नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग २र२ वटा अभ्यास खेल खेल्नेछ । नेपाल ‘ए’ ले शृङ्खलाको तेस्रो खेलमा भोलि स्कटल्यान्डसँग र आउँदो सोमवार अमेरिकासँग खेल्नेछ ।

यही वैशाख २८ देखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच कीर्तिपुरको त्रिवि मैदानमा लिग–२ प्रतियोगिता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट छ : प्रचण्ड

जेन–जी शहीद परिवार र घाइतेको सरकारलाई अल्टिमेटम, माग पूरा नभए फेरि सडकमा उत्रिने चेतावनी

सम्बन्धित

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

मेसीलाई विपक्षी खेलाडीमाथि हात उठाएको आरोपमा एमएलएसको कारबाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu