ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय


एबीसी न्यूज
२८ बैशाख २०८३, सोमबार   ११ : ५६   बजे

काठमाडौं २८ वैशाख ।मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजैदेखि संघीय संसद्को बजेट अधिवेशन पनि सुरु हुँदैछ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ७ मा राष्ट्रपतिबाट सम्बोधन र नीति तथा कार्यक्रमसम्बन्धी व्यवस्था छ । बजेट अधिवेशनमा राष्ट्रपतिको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम उल्लेख गरेर दुवै सदनको संयुक्त बैठकमा वाचन गराइन्छ । राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनका लागि संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको प्रवक्ता एकराम गिरीले बताउनुभयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्र अनुसारै नीति तथा कार्यक्रम निर्माण भएको बताउनुभयो। बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका आठवटै अध्यादेश पेस हुने भएका छन् । त्यस्तै, पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वानसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिनेछ । त्यस्तै, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ भने बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस हुनेछ । सरकारले बजेट अधिवेशनमा कम्तीमा ४५ विधेयक पेस गर्ने तयारी गरेको छ । यसका अलावा अध्यादेश प्रतिस्थापन विधेयक पनि ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu