ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभा महिला भलिबल च्याम्पियन आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य


एबीसी न्यूज
८ जेष्ठ २०८३, शुक्रबार   ७ : २८   बजे

काठमाडौं, ८ जेठ । काठमाण्डौमा आजदेखि ‘काभा महिला भलिबल च्याम्पियनसिप २०२६’ शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा बिहान ११ बजे इरान र बंगलादेशबीच हुनेछ । औपचारिक उद्घाटन दिउँसो २ बजे आयोजना गरिने आयोजक नेपाल भलिबल सङ्घले जनाएको छ ।

त्यसपछि दिउँसो साढे ३ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । एफआईबीबीको आधिकारिक वरीयतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय र्‍याङ्किङमा सुधार गर्ने अवसर दिनेछ । काभा च्याम्पियनसिपमा नेपाल निरुता ठगुन्नाको कप्तानीमा मैदान उत्रिनेछ ।

१४ सदस्यीय टोलीमा ६ युवा खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । रिमा कुँवरले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छन् । त्यस्तै टोली उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् । सन् २०१९ र २०२२ को उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ । नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट छ : प्रचण्ड

जेन–जी शहीद परिवार र घाइतेको सरकारलाई अल्टिमेटम, माग पूरा नभए फेरि सडकमा उत्रिने चेतावनी

सम्बन्धित

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

मेसीलाई विपक्षी खेलाडीमाथि हात उठाएको आरोपमा एमएलएसको कारबाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu