ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ–रक्सौल रेलमार्गका लागि छिट्टै अध्ययन हुने


एबीसी न्यूज
२६ चैत्र २०७४, सोमबार   ८ : ४१   बजे

 

काठमाडौँ, २६ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग केही समझदारी गरेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचाँै वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले देश र जनतालाई समृद्ध बनाउन भारतसँग गरिएको समझदारीबाट कृषि, रेलमार्ग र जलमार्गमा नयाँ आयाम थप हुने बताउनुभयो । काठमाडौँ–रक्सौल रेलमार्गलाई चाँडो बनाउन नेपाल र भारत दुवै मुलुकबाट छिट्टै अध्ययन हुने बताउँदै उहाँले अब नेपालको राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउने सोचका साथ सरकार गृहकार्यमा रहेको जानकारी दिनुभयो ।

सरकारले व्यवसायीको लगानी सुरक्षा गर्ने बताउँदै प्रधानमन्त्री ओलीले पूर्वाधार विकास गरी रोजगारी वृद्धि गर्ने र जनताको आयस्तर बढाउने योजना सुनाउनुभयो । “देशमा कडा कानूनको व्यवस्था गरी कुनै पनि क्षेत्रमा अनियमितता गर्नेलाई दण्डित गरिने छ”, उहाँले प्रष्ट पार्नुभयो ।
सभामा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वस्तु तथा सेवा निर्यात नगर्दासम्म मुलुकमा विदेशी विनिमय सिर्जना हुन नसक्ने भएकाले सुनको आयातमा केही नियन्त्रण गर्नुपरेको बताउँदै पछिल्लो समयमा यसको अत्याधिक वृद्धि हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । महासंघका अध्यक्ष मोहन सुनारले देशभर करीब २५ हजार व्यवसायी सो व्यवसायमा संलग्न रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने

सेयर कारोबारी दिपेन्द्र अग्रवालसँग जोडिएका आफन्त र साझेदारका बैंक खाता तथा सम्पत्ति रोक्का

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्‍यो

ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाउने व्यवस्था ल्याउँदै सेबोन

छ वर्षदेखि जग्गा रोक्का, मुआब्जा नपाएपछि पूर्व–पश्चिम रेलमार्ग प्रभावित जग्गाधनी आक्रोशित

चोलेन्द्रशम्शेर राणाको महाभियोगमा ‘धमिजा काण्ड’को नजिर : वरिष्ठ अधिवक्ताको तर्क– ‘संसद्को प्रस्ताव आफैं निष्क्रिय हुँदैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu