ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सवारी चालकनै सडक निर्माण समितिको अध्यक्ष बनेपछि


एबीसी न्यूज
२७ चैत्र २०७४, मंगलबार   ९ : ००   बजे

 

म्याग्दी, २७ चैत । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । दैनिक आवतजावत गर्ने सडकमा भोगेको दुखलाई बुझ्दै म्याग्दीका एक चालकले आफूलाई अचानो सम्झिएर खुकुरीजस्तै जोखिमपूर्ण सडकलाई मर्मत तथा स्तरोन्नति गरी नमूना योग्य बनाएका छन् ।

दैनिक यात्रु लिएर गाउँसम्म पुग्ने सडकको मर्मत तथा स्तरोन्नतिको जिम्मा पाएपछि भकिम्लीका एक युवाले दुई महिनासम्म गाडी चलाउने पेशालाई छोडेर सडक स्तरोन्नति गरेका हुन् । बेनी नगरपालिका–३ भकिम्ली जोड्ने सडकमा नगरपालिकाबाट विनियोजित बजेटबाहेक पनि स्थानीयको जनश्रमदानबाट सडकका जोखिमपूर्ण ठाउँको मर्मत तथा स्तरोन्नति गरी नमूना बनाइएको छ ।

सदरमुकाम बेनी नजिक भए पनि जिल्लाकै जोखिमपूर्ण घुम्टी, साँघुरो तथा भिरालो सडकका कारण अति आवश्यकबाहेक पैदलयात्रा गरी सदरमुकाम आउने भकिम्लीबासीको समस्यालाई समाधान गर्न सडक निर्माण उपभोक्ता समितिको जिम्मेवारी लिएर बस चालक समेत रहेका भानुभक्त थापाले जोखिमपूर्ण सडकमा सहजै आवतजावत गर्ने बनाएका हुन् ।

“बस चालक भएर यात्रुलाई सम्झिएर सडक मर्मतमा समय दिएको थिएँ । जहाँ यात्रु यात्रामा त्रसित हुन्छन् त्यहाँ मैले धेरै समय दिएर मर्मत गर्न लगाएँ” थापाले भन्नुभयो ।

बेनी–बगरफाँट–दुधेखोला हँुदै भकिम्ली जोड्ने सडक मर्मत तथा स्तरोन्नतिमा नगरपालिकाले विनियोजन गरेको रु २४ लाख १२ हजार बजेट अपुग भएपछि जोखिमपूर्ण सडक मर्मतमा स्थानीयवासीले समेत रु पाँच लाख बराबरको जनश्रमदान गरेको उहाँले बताउनुभयो ।

“जोखिमपूर्ण सडक मर्मतमा स्थानीयले दैनिक सहयोग गर्नुभयो । सडकलाई जोखिममुक्त बनाउन प्राविधिक सहयोगलाई पनि ध्यान दिइयो” थापाले भन्नुभयो ।

उहाँले विनियोजित बजेटबाट अति जोखिमपूर्ण मानिएको आपाँरुखमा ८४ मिटर ढलान, विभिन्न छ ठाउँमा तारजाली, घुम्ती सुधार, ग्रेड मिलाउन, साँघुरो र भिरालो जमिनमा पक्की वालका साथै सडक फराकिलो बनाइएको बताउनुभयो । जिल्लाका धेरै सडकमा मर्मत तथा स्तरोन्नतिलगत्तै बिल पेस गरेपछि बेवास्ता गर्ने गरिए पनि भकिम्ली जोड्ने सडकमा स्थानीयले दैनिक ढलान र वालमा आफ्नै घरजस्तै रेखदेख र पानी हाल्ने गरेका थिए ।

दुधेखोला–भकिम्ली सडक निर्माण आयोजनाकी सचिव रुपा क्षेत्रीले सडक मर्मतमा स्थानीयले आफ्नो घरायसी कामसमेत छोडेको बताउनुभयो । उहाँका अनुसार इस्टिमेटभन्दा धेरै तारजाली तथा चालकको आत्मबल बढाउने गरी जोखिमपूर्ण ठाउँमा रडकोे प्रयोग गरी वाल लगाइएको छ ।

भकिम्लीमा हुने विभिन्न राजनीतिक तथा सामाजिक कार्यका लागि पुग्ने संघसंस्थाले समेत पैदलयात्रा गर्न रुचाउनुको कारण जोखिमपूर्ण सडक भएको बताउँदै उपभोक्ता समितिले बजेटलाई सदुपयोग गर्दै थप काम गरेको वडाध्यक्ष पदम पुनले बताउनुभयो । “अनुगमनमा आएका जनप्रतिनिधि समेत सडकको अवस्था देखेर दंग परेका छन् । बजेटको पूर्णरुपमा सदुपयोग भएको छ” पुनले भन्नुभयो ।

उहाँले सडकमा दैनिक आवतजावत गर्ने चालक नै अध्यक्ष भएपछि सडकले नयाँ रुप लिएको बताउनुभयो । करीब १४ किलोमिटरको सडकबाट भकिम्लीका ६०० घरधुरी लाभान्वित हुनेछन् । विसं २०६६ मा ट्याक खोलिएको सडक निर्माणको क्रममा समेत स्थानीयले जनश्रमदानसँगै आफ्नो व्यक्तिगत लालपूर्जासमेत धितो राखेर सडक सम्पन्न गरेका थिए ।

सडक निर्माणसँगै स्थानीयलाई आवतजावतसँगै पर्यटकीयस्थल स्वर्गाआश्रम, बेलढुंगा र छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाको धम्जालगायत छिमेकी मंगला गाउँपालिकाको बरंजालगायतका क्षेत्रका बासिन्दाले समेत प्रयोग गर्ने गरेका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Palestinian Authority Condemns Israeli Tender for Major West Bank Settlement Expansion

Second Ukrainian National Arrested in Croatia Over Nord Stream Pipeline Blasts

Israel Launches Criminal Investigation Into Killing of Five-Year-Old Hind Rajab

Pakistan Government Challenges Court Order for Imran Khan’s Hospital Transfer

Palestinian Factions Weigh Broad Alliance Ahead of November Elections

Ukraine’s Military Recruitment Tactics Spark Violence and Corruption Concerns

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu