ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

षित खाद्यवस्तुले वर्षेनी ४ लाख २० हजारको ज्यान, नेपालमा स्थिति अझ डरलाग्दो


एबीसी न्यूज
२४ जेष्ठ २०८३, आइतबार   ११ : १०   बजे

काठमाडौं, २४ जेठ । आज जुन ७ तारिख, विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ । नेपालमा पनि ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने नारासहित कार्यक्रमहरू भइरहेका छन् तर यो दिवस केवल औपचारिक कार्यक्रममा सीमित नभई गम्भीर समीक्षा गर्नुपर्ने अवस्था छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१८ मा घोषणा गरेको यो दिवस २०१९ देखि मनाउन थालिए पनि नेपालमा खाद्य सुरक्षा अझै ठूलो चुनौती बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दूषित खाद्यवस्तुले विश्वभर वर्षेनी ६० करोड मानिस बिरामी पर्ने र चार लाख २० हजारको ज्यान जाने गरेको छ । नेपालमा पनि खाद्यजन्य रोग, विषादीको अत्यधिक प्रयोग, मिलावटी खानेपानी, म्याद गुज्रेका वस्तु र असुरक्षित प्रशोधनका कारण लाखौं नागरिक प्रभावित छन् ।

विशेष गरी बालबालिका, महिला, गरिब तथा ग्रामीण क्षेत्रका बासिन्दा सबैभन्दा बढी मारमा छन् । खाद्य उत्पादनदेखि उपभोगसम्मका हरेक चरणमा सुरक्षा मापदण्डको व्यापक उल्लङ्घन भइरहेको छ तर सरकारको नियमन निकै कमजोर छ । बजारमा हुने खाद्य मिलावट, लेबलिङमा झुट, प्रयोगशाला परीक्षणको कमी र कानुन कार्यान्वयनको अभावले गर्दा ‘सबैको जिम्मेवारी’ भन्ने नारा व्यावहारिक रूपमा खोक्रो सावित भइरहेको छ ।

यो दिवसलाई केवल एक दिनको कार्यक्रममा सीमित नराखी खाद्य सुरक्षा नीति कडाइका साथ लागू गर्न, नियमित अनुगमन प्रणाली मजबुत बनाउन, किसानलाई सुरक्षित उत्पादन तालिम दिन र उपभोक्तालाई सचेत बनाउने ठोस कदम चाल्नुपर्ने विज्ञहरूको जोड छ । अन्यथा, चेतनामात्र बढाएर खाद्य सुरक्षा सुनिश्चित गर्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu