काठमाडौं, २७ चैत। नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका लागि आजै केहीवेरमै मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विहानको बैठकमा आइजिपी नियुक्तिबारे छलफलनै नभएकोले पुन वैठक वस्नलागेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने केही महत्वपूर्ण एजेण्डा रहेको भन्दै आकस्मिक बैठक वस्न सक्छ भन्दै तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।
प्रहरी संगठनका आइजिपी नियुक्तिको प्रस्ताव औपचारिक रुपमा आएन र छलफल नै भएन । प्रधानमन्त्री र गृहमन्त्रीबीच अलग्गै छलफल भएको होला । तर, नियुक्तिको लागि सम्भवतः आजै अर्को बैठक बस्न सक्छ, हामीहरुलाई तयारी हालतमा रहनु भनिएको छ ’ एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजनाको उपाध्यक्ष पनि नियुक्त गर्ने भनिएको थियो । योजना आयोगको उपाध्यक्षका लागि डा. पुष्प कडेलको नाम अघि सारिएको एक स्रोतले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस्