ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश


एबीसी न्यूज
२९ जेष्ठ २०८३, शुक्रबार   २ : ५१   बजे

काठमाडौं— सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्यबलमा समावेश गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको परिभाषाभित्र राखी कानून निर्माण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधनका क्रममा बालसैन्यसँग सम्बन्धित विषयलाई उपेक्षा गरिएको भन्दै माओवादीका पूर्वबाललडाकु लेनिन विष्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो।

न्यायाधीश सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्तिसिंह थापाको संयुक्त इजलासले बालसैन्य भर्ती तथा प्रयोगलाई दण्डनीय बनाउने गरी आवश्यक कानूनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

रिट निवेदक विष्टले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून संशोधन गर्दा द्वन्द्वकालमा बालबालिकालाई लडाकुका रूपमा प्रयोग गरिएको विषयलाई बेवास्ता गरिएको दाबी गरेका थिए। उनले बालसैन्य भर्तीलाई गम्भीर मानव अधिकार उल्लंघनको सूचीमा समावेश गर्न माग गरेका थिए।

सर्वोच्च अदालतले विष्टको उक्त मागलाई सम्बोधन गर्दै बालसैन्य प्रयोगको विषयलाई कानूनमा स्पष्ट रूपमा समेट्नुपर्ने ठहर गरेको हो।

यद्यपि, रिट निवेदकले तत्कालीन माओवादी नेतृत्वकर्ता पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईलगायत व्यक्तिविरुद्ध अभियोजन चलाउन माग गरेका थिए। अदालतले भने संक्रमणकालीन न्यायका लागि गठन गरिएका आयोगहरूले यस विषयमा अनुसन्धान गर्न सक्ने भएकाले सो मागअनुसार आदेश जारी गर्न अस्वीकार गरेको छ।

विष्टले दुई वर्षअघि संक्रमणकालीन न्यायसम्बन्धी संशोधित विधेयक अन्तर्राष्ट्रिय मानवीय कानूनअनुकूल नभएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले द्वन्द्वकालीन बालसैन्यको पहिचान हटाइएको तथा बालसैन्य भर्तीलाई गम्भीर मानव अधिकार उल्लंघनको परिभाषाबाट निकालिएको भन्दै त्यसलाई पुनः समावेश गर्न माग गरेका थिए।

सर्वोच्च अदालतको पछिल्लो आदेशलाई संक्रमणकालीन न्याय प्रक्रियामा बालअधिकार र द्वन्द्वपीडित बालबालिकाको मुद्दालाई थप प्राथमिकता दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu