ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप


एबीसी न्यूज
२ असार २०८३, मंगलबार   ११ : २२   बजे

काठमाडौं, २ असार । निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटाको व्यवस्थापन स्थानीय तहमार्फत हुनुपर्ने कानुनी व्यवस्था रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सो व्यवस्थाबाहिर गएर विद्यार्थी छनोट गर्न लागेको आरोप लागेको छ।

सरकारले निजी विद्यालयमा १०, १२ र १५ प्रतिशतसम्म छात्रवृत्ति कोटा छुट्याएको छ, जसलाई सम्बन्धित पालिकाले निश्चित मापदण्डका आधारमा लक्षित वर्गका विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था छ। तर सांसद खनालले आफ्नो निर्वाचन क्षेत्र कैलाली–२ का ५५ जना गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीलाई ‘एमपी स्कलरसिप प्रोग्राम’ अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन्।

उक्त छात्रवृत्ति निजी विद्यालयले उपलब्ध गराउने १० प्रतिशत कोटाभित्रकै भए पनि पालिकासँग कुनै समन्वय नगरी सांसद स्वयंले विद्यार्थी छनोट गर्न लागेको भन्दै प्रश्न उठेको छ। कानुनमा सांसदले प्रत्यक्ष रूपमा विद्यार्थी तोकेर निजी विद्यालयमा छात्रवृत्ति दिलाउने व्यवस्था नरहेको बताइएको छ।

सांसद खनालले भने अध्ययनको अवसरबाट वञ्चित भएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले निजी विद्यालयसँग सहकार्य गरिएको बताएका छन्। उनका अनुसार यसका लागि सचिवालयमार्फत समिति गठन गरिएको छ, जसले निजी विद्यालयसँग प्रत्यक्ष समन्वय गरी छात्रवृत्तिको १० प्रतिशत कोटाअन्तर्गत विद्यार्थी छनोट गर्नेछ।

यस विषयले छात्रवृत्ति वितरण प्रक्रियाको पारदर्शिता र कानुनी व्यवस्थाको पालनाबारे बहस सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group