ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई


एबीसी न्यूज
३ असार २०८३, बुधबार   २ : ०२   बजे

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया किसानहरूको समस्या समाधान गर्न प्रधानमन्त्री बालेन शाहले ध्यान नदिएको बताएका छन्।

भारतले चिया निर्यातमा समस्या उत्पन्न गरेकोले इलामका चिया उद्योगी र किसानले उद्योगमा ३ दिनदेखि ताला लगाएको उनको भनाइ छ।

‘यति संवेदनशिल विषयमा सरकारको ध्यान पटक्कै पुगेको छैन। हुनतः प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जाल हेरेर थाहा पाएको,’ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सचेतक राईले भने, ‘उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनु हुन्छ तर वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरूदण्डकै रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएको देखिएन।’

उनले भारतीय चिया बोर्डले चियामा नयाँ मापदण्ड लगाएको पनि बताए। परिक्षण रिपोर्ट आउन दुई साताभन्दा बढी लाग्ने र त्यो बेलासम्म चिया नष्ट गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ छ। ‘जसका कारण सूर्योदय नगरपालिकाभित्र मात्र ५३ बढी र जिल्लाभर ८३ बढी चिया उद्योग बन्द गरिएको छ,’ उनले भने।

चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको उनले बताए।

चिया टिप्ने र उद्योगमा काम गर्नेहरूको रोजगारी गुमेको उनको भनाइ छ। उद्यमीले बैकबाट लिएको ऋणको ब्याज तिर्ने अवस्था पनि नरहेको उनले बताए।

‘मैले चियाको समस्या पटक पटक सदनमा उठाएको छु। प्रधानमन्त्रीज्यूलाई औपचारिक, अनौपचारिक फोरमहरूमा भनेको छु। यस्तै परराष्ट्र मन्त्री, कृषि मन्त्री, ऊर्जा, वाणिज्य मन्त्री समक्ष पनि एकल तथा टिएसओसीएसनका साथीहरू गएर समस्याहरू लिखित र मौखिम रूपमा राखेका छौं, सभामुख मार्फतसँग सरकारसँग माग छ( चियाको निर्यात खुलाउन पहल गरियोस्, चिया निर्यातबारे आउने समस्या दीर्घकालीन रूपमा समाधान खोजियोस्, चिया परीक्षण ल्याब निर्माण प्रक्रिया अघि बढाइयोस्, तेस्रो देशमा चियाको बजार सुनिश्चित गरेर निर्यात् प्रक्रिया अघि बढाइयोस्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group