ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलम्बियाको विजयी सुरुवात


एबीसी न्यूज
४ असार २०८३, बिहिबार   १२ : ३१   बजे

काठमाडौं, ४ असार । लुइस डियाजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३(१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।

मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे ।

यस्तै विश्वकपमा डेब्यु गरेको उज्बेकिस्तानको लागि अब्बोसबेक फेजुल्लाएभले गोल गरे ।

कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले लुइस डियाजको पासमा वान टच फिनिसिङ गरे ।

विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले ६०औं मिनेटमा बराबरी गोल गरेका थिए । उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने ।

तर उज्बेकिस्तानको बराबरी गोलको खुशी धेरै समय टिकेन । त्यसको पाँच मिनेटपछि नै लुइस डियाजले गोल गर्दै कोलम्बियालाई २(१ को अग्रता दिलाएका थिए ।
त्यसपछि दोस्रो हाफको इन्जुरी टाइमको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियालाई ३(१ को जित दिलाए ।

यो जितपछि कोलम्बिया ३ अंकसहित समूह के को शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १(१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu