ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू


एबीसी न्यूज
८ असार २०८३, सोमबार   ८ : ५८   बजे

काठमाडौं, ८ असार । भारतले सोमबारदेखि ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक आयोजना गर्दैछ।भारतको विदेश मन्त्रालय (एमईए) ले बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्ने जनाएको हो । बैठकमा ब्रिक्स सदस्य राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा प्रतिनिधिमण्डल प्रमुखहरूले विश्वले सामना गरिरहेका परम्परागत तथा उदीयमान सुरक्षा चुनौतीको बारेमा व्यापक छलफल गर्ने कार्यक्रम छ।

विशेषगरी द्रुत रूपमा परिवर्तन भइरहेका सुरक्षा जोखिम र तीसँग सम्बन्धित नयाँ प्रविधिको भूमिकाको बारेमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको हो।बैठकमा आतंकवादविरुद्धको सहकार्य तथा सूचना एवं सञ्चार प्रविधिको सुरक्षित प्रयोग सम्बन्धी हालै सम्पन्न ब्रिक्स संयुक्त कार्य समूहका निष्कर्षहरूको समेत समीक्षा गरिने भएको छ। भारतले यसअघि सन् २०१२, २०१६ र २०२१ मा ब्रिक्सको अध्यक्षता गरिसकेको छ।

सन् २०२६ मा भारतले चौथो पटक ब्रिक्सको अध्यक्षता गरिरहेको छ। यस वर्षको भारतीय अध्यक्षता ‘समावेशिता, नवप्रवर्तन, सहयोग र दिगोपनका लागि निर्माण’ भन्ने मूल विषयवस्तुमा केन्द्रित रहेको मन्त्रालयले जनाएको हो।ब्रिक्स सहकार्यले आतंकवादविरुद्धको अभियान, जलवायु परिवर्तन, खाद्य तथा ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय व्यवस्था, दूरसञ्चार, कृषि, श्रम तथा रोजगारी, व्यापार र विश्व व्यापार संगठन लगायतका विविध क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu