ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल


एबीसी न्यूज
८ असार २०८३, सोमबार   १० : ५६   बजे

काठमाडौं ८ जेठ । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रणसम्बन्धी अन्तरसरकारी निकाय Financial Action Task Force को ‘ग्रे लिस्ट’ बाट बाहिर निस्किन फेरि पनि असफल भएको छ। फ्रान्सको पेरिसमा सम्पन्न प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा यथावत राख्ने निर्णय गरेको हो।

एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तीय गतिविधि नियन्त्रणका लागि देशहरूको अवस्था ११ वटा प्रभावकारिता सूचक र ४० वटा प्राविधिक सूचकका आधारमा मूल्यांकन गर्छ। सो मूल्यांकनमा नेपालले आवश्यक सुधारहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालिएको छ।

नेपाल यसअघि सन् २००८ मा पनि ग्रे लिस्टमा परेको थियो भने सन् २०१४ मा सुधारपछि उक्त सूचीबाट बाहिरिएको थियो। तर त्यसयता पुनः नेपाल फेरि जोखिम सूचीमा पर्ने अवस्था दोहोरिएको छ।

सन् २०१२ मा नेपाल ब्ल्याक लिस्टमा पर्ने जोखिम नजिक पुगेको बेला International Monetary Fund को सहकार्य र सुधार प्रतिबद्धतापछि तत्कालीन संकट टरेको थियो।

एफएटीएफले नेपाललाई कानुन कार्यान्वयन, वित्तीय अनुगमन प्रणाली सुदृढीकरण तथा जोखिमयुक्त वित्तीय क्षेत्रको नियन्त्रणजस्ता क्षेत्रमा थप प्रभावकारी सुधार गर्न सुझाव दिएको छ। नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारलाई अबका महिनाहरूमा सुधार कार्यान्वयन तीव्र बनाउनुपर्ने चुनौती थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

सम्बन्धित

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu