ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाई सेवा बन्द हुँदा बिरामी मर्कामा


एबीसी न्यूज
२७ चैत्र २०७४, मंगलबार   ५ : २८   बजे

रुकुम, २७ चैत्र । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा एक वर्ष देखि हवाई सेवा बन्द भएको छ । नियमित हवाई सेवाका लागी नागरिक उडयन प्राधिकरणले करोडौं रकम खर्च गरेर धावनमार्ग कालोपत्रे गरेको भएपनि हाल उक्त धावनमार्ग प्रयोग विहीन भएको छ ।
रुकुम सल्यान र जाजरकोट जिल्लाका नागरिकलाई मध्यनजर गरी २०२८ सालमा स्थापना गरीएको विमानस्थल हाल ठप्प रहेको छ । चौरजहारी विमानस्थलमा वर्षाै वितिसक्दा पनि हवाई उडान सुचारु नहुदा यसक्षेत्रका सर्वसाधारण एवम,जटिल प्रकृतिका बिरामी, तथा गर्भवती महिलाहरु मार्कामा परेका छन् ।

हवाई सेवा संचालनको लागी स्थानियवासीहरुले पटक– पटक क्षेत्रिय कार्यालय नेपालगञ्ज र काठमाडौमा सम्पर्क गर्दा पनि हाल सम्म उडान सुचारु हुन नसकेको नेपाल नागरिक उडयन प्राधिकरण चौरजहारीका निमित्त स्टेशन ईन्चार्ज सुरेन्द्र नेपालीले वताउनुभयो ।

उपचारको लागी नेपालगञ्ज र काठमाडौ लैजानुपर्ने विरामीहरु हवाई सेवा वन्दहुदा जोखिममा राखेर गाडी प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको छ । हवाई सेवा नहुदा चौरजहारी नगरपालिका वडा नं ९ का ४३ वर्षिय ईन्द्र वहादुर मल्लको मृत्यु भएको छ । चौरजहारी अस्पताल वाट थप उपचारको लागी नेपालगञ्ज रेफर गरीएका मल्लको समयमा अस्पताल पुरयाउन नसक्दा विच वाटोमा मृत्युभएको थियो ।

नयाँ संघिय संरचना अनुसार नगरपालिका कामय गरीएको चौरजहारीमा हवाई सेवा वन्द गरेर प्राधिकरणले ३ जिल्लाका स्थानिय वासीहरुलाई अन्याय गरेको नगर प्रमुख विशाल शर्माले वताउनु भयो । यस क्षेत्रका सर्वसाधारण तथा जटिल प्रकृतिका विरामीहरु र पर्यटन प्रर्वद्धनको लागी हवाई यातयात सेवा सुचारु गर्न पहल गर्ने नगर प्रमुख शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group