ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पाको विमानस्थल रंगशाला परिणत (फोटो फिचर सहित )


एबीसी न्यूज
२७ चैत्र २०७४, मंगलबार   ६ : ०३   बजे


जुफाल (डोल्पा) २७ चैत्र । हिमाली जिल्ला डोल्पामा खेलकुद मैदान नहुदा जुफालमा रहेको विमानस्थलको धावनमार्गलाई मैदानको रुपमा प्रयोग गरिएको    छ ।
चैत २५ गतेबाट ठुलीभेरी नगरपालिका अन्तरगतको आदर्श माद्यमिक बिद्यालयमा शुरु भएको १० औ जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको लागि खेलकुद मैदानको अभावमा  धावनमार्गलाई जिल्ला खेलकुद समिति र आयोजक बिद्यालयको अनुरोधमा खेलकुद प्रतियोगिताहरुको खेलहरु खेलाइएको हो ।

हरेक दिन बिहान सात बजे देखि हवाई उडानले ब्यस्त हुने र टिकटको लागि यात्रुहरु बीच हानथाप हुने गरेको  बिमानस्थल भने सोमबार दुलही सिँगारिए झै रंगीचंगी पोसाक लगाइएका बिद्यार्थीहरु,दर्शक र समर्थकहरुको उपस्थितीले बिमानस्थल रंगिएको थियो ।
आयोजक बिद्यालय आदर्श माबिमा धावकको लागि मैदान नपुगेपछि १०० मिटर २०० मिटर र ४०० सय मिटर साथै रिले दौडका भागलिएका छात्र तथा छात्राहरुको दौडको लागि बिमानस्थलको धावनमार्गलाई प्रयोग गरिएको हो ।

३०० मिटर ८०० मिटर र १५०० मिटरको दौड प्रतियोगिता भने बिद्यालयकै खेलमैदानमा संञ्चालन गरिएको थियो ।
नेपाल नागरिक उडड्यान प्राधिकरण जुफालका निमित्त प्रमुख भरत जोशीले कानूनत बिमानस्थलमा कुनै पनि कार्यक्रम गर्न नमिल्ने भएपनि हिमाली पिछडिएको र खेलकुद मैदानको अभावमा हवाई उडान नभएको समयमा दिउसो १२ बजे पछि आयोजकले अनुरोध गरेकाले कुनै पनि किसिमको धावनमार्गमा क्षेती नपुर्याउने सर्तमा खेल संचालन गर्न दिएको बताउनुभयो ।

जुफाल बिमानस्थलका सुरक्षा इन्चार्ज प्रहरी निरिक्षक कृष्णप्रसाद पौडेलले बिमानस्थलको सुरक्षा गर्ने जिम्मेवारी आफ्नै भएपनि नागरिक उडड्यान कार्यालयको निर्देशनमा शान्तिपुर्ण रुपमा कार्यक्रम गर्न दिएको बताए ।

आयोजक बिद्यालय प्रधानाध्यापक पुर्णबहादुर डाँगीले र खेलकुद समितिका अध्यक्ष लंकबहादुर रोकायले बिद्यालयमा भएको खेलकुद मैदानले दौडको लागि ठाउँ नपुगेकाले एक दिन तीन घण्टा लागि मात्र नागरिक उड्डायनको अनुमतिमा संचालन गरिएको बताउनुभयो ।


चैत २७ गते सम्पन्न गर्ने गरि शुरु भएको यो वर्षको १० औ राष्ट्रपति रनिँङ्गशिल्ड प्रतियोगिता खेल संचालनको क्रममा भलिबल ट्रिपलजम्प र ३०० मिटर दौड संचालनमा बिवादका कारण केही समय सम्म खेल अगाडि बढ्न सकेको थिएन् । यो वर्षको रनिँङ्गशिल्ड प्रतियोतिामा जिल्लाका ११ ओटा माध्यामिक बिद्यालयले सहभागिता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group