सुर्खेत , २७ चैत । नगद २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारी रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले मालपोत कार्यालयका खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदीलाई घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियारले आज जिल्ला मालपोत कार्यालय सुर्खेतमा छापा मारेर घुससहित उनीहरुलाई पक्राउ गरेको हो।
मोहीनी हकको जग्गा प्राप्तीका लागि मिलाइदिने भन्दै घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ।
उनीहरु माथि आवश्यक छानविन थालिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए।
प्रतिक्रिया दिनुहोस्