ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली सन्धिदेखि वाम एकतासम्म : झलनाथ खनालको सरकारमाथि तीव्र प्रहार


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   ६ : ४३   बजे

काठमाडौं, १४ असार । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले महाकाली सन्धीले नेपाललाई उपलब्धिभन्दा बदनाम बढी दिएको टिप्पणी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच दीर्घकालीन एकताको आवश्यकता औँल्याउनुभएको छ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा बोल्दै खनालले महाकाली सन्धी र एमसीसी सम्झौताबाट नेपालले अपेक्षित लाभ प्राप्त गर्न नसकेको दाबी गर्नुभयो। मदन भण्डारी संसद्मा सक्रिय रहँदा टनकपुर सम्झौताविरुद्ध सशक्त संघर्ष भएको स्मरण गर्दै उहाँले भण्डारीले अघि सारेको राष्ट्रियताको धारालाई निरन्तरता दिन नसक्दा महाकाली सन्धी भएको बताउनुभयो।

उहाँले वर्तमान सरकारले राष्ट्रिय हित कमजोर पार्ने नीति अवलम्बन गरेको आरोप लगाउँदै किसान, श्रमिक, ट्रेड युनियन तथा विद्यार्थी संगठनका अधिकारमाथि हस्तक्षेप भइरहेको दाबी गर्नुभयो। निजी सञ्चारमाध्यमलाई दिइँदै आएको सहुलियत र सरकारी विज्ञापन कटौतीका कारण सञ्चार क्षेत्र कमजोर बन्दै गएको तथा पत्रकार बेरोजगार हुने जोखिम बढेको पनि उहाँको भनाइ थियो।

सोही कार्यक्रममा खनालले अहिलेको राजनीतिक परिस्थितिले फेरि एकपटक वाम एकताको आवश्यकता महसुस गराएको उल्लेख गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै मञ्चमा देखिनुलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्नुभयो। विचारको तहबाट सुरु भएको सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

देशमाथि साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूको दबाब बढिरहेको दाबी गर्दै उहाँले त्यसको सामना गर्न वामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो।

खनालले संविधान संशोधनको बहसलाई पनि उठाउँदै संविधानलाई समयअनुसार परिमार्जन गर्न सकिने भए पनि स्थापित संवैधानिक प्रक्रिया र मापदण्डअनुसार मात्रै संशोधन गरिनुपर्ने धारणा राख्नुभयो। “संविधानलाई बाँदरको हातमा नरिवल बन्न दिनु हुँदैन,” भन्दै उहाँले अनाडी ढंगले गरिने संशोधनले मुलुकलाई सही दिशा नदिने चेतावनी दिनुभयो।

उहाँले वर्तमान संविधान, गणतन्त्र र राष्ट्रियतामाथि चुनौती बढ्दै गएको दाबी गर्दै देश गम्भीर राजनीतिक सङ्कटतर्फ उन्मुख भएको बताउनुभयो। यस्तो अवस्थामा वामपन्थी शक्तिहरू गोलबन्द भएर राष्ट्रियता जोगाउने र समाजवादको दिशामा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

यसैबीच, जननेता मदन भण्डारीको हत्या नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूको योजनाबद्ध षड्यन्त्र भएको दाबी पनि खनालले गर्नुभयो। भण्डारी र जीवराज आश्रितको हत्या षड्यन्त्रपूर्ण भएको जगजाहेर भए पनि दोषीमाथि कारबाही हुन नसकेको स्वीकार गर्दै उहाँले अहिले पनि प्रतिक्रियावादी शक्तिविरुद्धको संघर्ष जारी रहेको र त्यसका लागि वाम एकता अपरिहार्य भइसकेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिष्ट आन्दोलनमा आत्मसमीक्षा आवश्यक, प्रत्यक्ष कार्यकारी शासन नेपालका लागि उपयुक्त छैन : विद्या भण्डारी

लोकतान्त्रिक शक्ति र वाम आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको ओलीको दाबी

सम्बन्धित

मनसुन सक्रिय हुँदै, मंगलबार र बुधबार मुसलधारे वर्षा

कागका कारण काठमाडौँमा बर्डफ्लु फैलियो

कम्युनिष्ट आन्दोलनमा आत्मसमीक्षा आवश्यक, प्रत्यक्ष कार्यकारी शासन नेपालका लागि उपयुक्त छैन : विद्या भण्डारी

लोकतान्त्रिक शक्ति र वाम आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको ओलीको दाबी

वामपन्थी र देशभक्त शक्तिको एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

मदन भण्डारीको हत्या षड्यन्त्रपूर्ण थियो, बलियो वाम एकताको आवश्यकता छ : माधव नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu