ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुनविपरीत बालबालिकालाई सदस्यता? रास्वपाको दाबी– प्राविधिक त्रुटि


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   १२ : ३३   बजे

काठमाडौं, १४ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना बालबालिकालाई पार्टी सदस्यता दिएको तथ्य सार्वजनिक भएपछि यसको कानुनी वैधता र बालअधिकारको विषयलाई लिएर विवाद चर्किएको छ। रास्वपाले भने यो अनलाइन विवरण प्रविष्टिका क्रममा भएको प्राविधिक त्रुटि मात्र भएको दाबी गरेको छ।

रास्वपाका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनअनुसार पार्टीका कुल सदस्यमध्ये करिब ६.७ प्रतिशत सदस्य १८ वर्षमुनिका रहेको उल्लेख छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्र राजनीतिक दलको सदस्य बन्न योग्य हुने व्यवस्था गरेको छ।

यस्तै, बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरेको छ। यसै कारण रास्वपाको सदस्यता विवरणले कानुनको पालना र बालअधिकार संरक्षणबारे प्रश्न उठाएको छ।

बालअधिकारकर्मी तथा अधिवक्ता शर्मिला श्रेष्ठले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउनु कानुनी र व्यावहारिक दुवै दृष्टिले अनुचित भएको बताएकी छन्। उनका अनुसार १८ वर्षमुनिका बालबालिका स्वतन्त्र रूपमा राजनीतिक निर्णय गर्न परिपक्व नहुने भएकाले कानुनले उनीहरूलाई विशेष संरक्षण प्रदान गरेको छ।

यो विषय आइतबार प्रतिनिधिसभाको बैठकमा पनि उठेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले रास्वपाले कानुनविपरीत ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै सरकारसँग जवाफ मागिन्। उनले राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐनको उल्लंघन भएको दाबी गर्दै कानुन सबै दलमा समान रूपमा लागू हुनुपर्ने बताइन्।

यसअघि नेपाली कांग्रेसको बालअधिकार उपसमितिले पनि विज्ञप्ति जारी गर्दै कुनै पनि राजनीतिक दलले १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउन नमिल्ने स्पष्ट पार्दै यस्तो कार्यले नेपालको अन्तर्राष्ट्रिय छविमा समेत असर पुग्ने जनाएको थियो।

यता रास्वपाले भने बालबालिकालाई सदस्य बनाउने कुनै नीति नभएको स्पष्ट पारेको छ। पार्टीका संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठले अनलाइन सदस्यता फाराममा अंग्रेजी र नेपाली मिति रूपान्तरण गर्दा उमेर गणनामा त्रुटि भएकाले केही सदस्य १८ वर्षमुनिका देखिएको दाबी गरे।

उनका अनुसार नागरिकता प्रमाणपत्रका आधारमा मात्र सदस्यता प्रदान गर्ने व्यवस्था रहेको र पार्टीले बाल संगठन सञ्चालन गर्ने वा बालबालिकालाई सदस्य बनाउने नीति अवलम्बन नगरेको बताए। उनले सदस्यता विवरणमा देखिएको उमेर सम्बन्धी समस्या प्राविधिक त्रुटिका कारण भएको दाबी गर्दै त्यसलाई सच्याइने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu