ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिमुखीकरणमा सांसदहरू नआएपछि सभामुख असन्तुष्ट


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ८ : ०६   बजे

काठमाडौं, १५असार । सभामुख डोलप्रसाद अर्यालले अभिमुखीकरण कार्यक्रममा सांसदहरूको अनुपस्थितिमा असन्तुष्टि व्यक्त गरेका छन्।संघीय संसद सचिवालयले आफ्ना महाशाखाहरूको काम र कानुन निर्माणको विषयमा सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा धेरै सांसद अनुपस्थित भएपछि सभामुख अर्यालले असन्तुष्टि जनाएका हुन्। मैले स्पष्ट रूपमा भन्नुपर्दा, आजको(असार १५) उपस्थिति मलाई पूर्ण रूपमा चित्तबुझ्दो लागेको छैन, अर्यालले सिंहदरबारमा सांसदहरूकै अगाडि भने, त्यसैले आज हामीले अझ बढी उपस्थिति र समयमै, अर्थात् बिहान १० बजे नै उपस्थितिको अपेक्षा गरेका थियौं। हामी संघीय संसद्का सदस्य हौं। लाखौं जनताको मतबाट निर्वाचित जिम्मेवार प्रतिनिधि हौं। त्यसकारण हाम्रो व्यवहार, समयपालन र अनुशासनदेखि लिएर हरेक गतिविधिलाई जनताले निरन्तर मूल्यांकन गरिरहेका हुन्छन्।सभामुख अर्यालले सांसदहरूले सत्य कुरा नबोलदा समाज गलत दिशातर्फ जान सक्ने चिन्ता समेत व्यक्त गरे।ुहामी प्रायः टिप्पणी गर्न डराउँछौं। सबैलाई मीठो मात्रै बोल्न खोज्छौं। मीठो बोल्ने व्यक्ति सबैको प्रिय हुन सक्छ, तर आवश्यक बेला सत्य कुरा नबोल्दा समाज गलत दिशातर्फ पनि जान सक्छ, सभामुख अर्यालले भने, त्यसैले यहाँहरूलाई लागेको कुरा स्पष्ट रूपमा राख्नुस्, प्रश्न गर्नुस्, कहाँ त्रुटी छ भनेर खुला रूपमा छलफल गरौं। सभामुख अर्यालले सांसदहरूको मुल्यांकन संसद सचिवालय, प्रधानमन्त्री वा राजनीतिक दलको नेतृत्वले मात्र नभएर जनताले गर्ने बताए। कार्यक्रमको सूचना धेरैअघि नै जारी गरिसकिएको थियो। त्यसैले अब हामी यहाँ आइसकेपछि हतार नगरी, अनावश्यक साइड–टक नगरी, मोबाइलमा धेरै समय नबिताई पूर्ण ध्यानका साथ सहभागी बनौं,ु सभामुख अर्यालले भने, करिब ४५–४५ मिनेटमा विश्राम हुने नै छ। त्यसैले समय र स्रोत खर्च गरेर यहाँ आइसकेपछि केही नयाँ कुरा सिकेर जाने प्रयास गरौं।सिंहदरबार स्थित संघीय संसदको निर्माणाधीन भवनमा संसद सचिवालयले सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम भोली पनि चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

साउने सोमवार–सौभाग्य, समर्पण र आस्थाको महासंगम

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu