ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिकले हटायो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ८ : ०९   बजे

काठमाडौं, १५असार । ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीको कालो सिसा हटाएको हो ।ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए ।त्यसपछि प्रहरीले उनीहरूको सवारीको कालो सिसा हटाएको हो । उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा एसएसपी सुरेश काफ्लेले कालो सिसा हटाउने अभियान नै सञ्चालन गरिएको बताएको छन् ।अवैध गतिविधि हुने भन्दै कालो सिसाका लगाइएका सवारीमाथि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ ।निजी तथा सार्वजनिक सवारीमा कालो सिसाको प्रयोग गर्ने र त्यसपछि स–साना हतियारको ओसारपसार, लागुऔषध ओसारपसार तथा सेवन हुने गरेको प्रहरीको भनाइ छ ।कतिसम्म भने सुन ओसारपसारका घटनादेखि अपराधी फरार हुन समेत कालो सिसाका सवारी प्रयोग भएको पाइएको ट्राफिक प्रहरीले बताएको छ ।सवारी तथा यातायात ऐन २०४९ को दफा ३९ अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गर्न नहुने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

साउने सोमवार–सौभाग्य, समर्पण र आस्थाको महासंगम

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu