ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को राउन्ड अफ १६ मा


एबीसी न्यूज
१६ असार २०८३, मंगलबार   १२ : ०५   बजे

काठमाडौं, १६ असार । फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को राउन्ड अफ १६ मा प्रवेश गरेको छ। स्टाडियो मोन्टेरेमा भएको खेलमा पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को विजयी भएको हो।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले ७२ औं मिनेटमा गोल गरेको थियो । थप गरिएको इन्जुरी समयमा गोल फर्काउँदै मोरक्कोले खेललाई बराबरीमा ल्याएको थियो। त्यसपछि अतिरिक्त समयको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न सकेनन्। जसको फलस्वरूप खेल पेनाल्टी सुटआउटमा गएर निर्णायक बनेको हो।
पेनाल्टी सुटआउटमा मोरोकुली नेदरल्यान्ड्सलाई ३(२ ले पराजित गर्‍यो। दुवै टोलीका लागि २र२ खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्। पेनाल्टी सुटआउटमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने। उनले एक पेनाल्टी बचाउ गरे।

मोरोक्कोको लागि पेनाल्टीमा सौफिन रहिमी, चेम्सडाइन ताल्वी र इस्माइला स्माइल साइबरीले गोल गरे। नेदरल्यान्ड्सको लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टोलेले मात्रै पेनाल्टीमा गोल गर्न सके। त्यसअघिको खेलमा नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले उत्कृष्ट फिनिस गरे।

क्रिसेन्सियो समरभिलको क्रसमा गाक्पोले निकै राम्रो फिनिस गरे।‌ खेलको निर्धारित ९० मिनेटमा थप गरिएको ६ मिनेटको समयको पहिलो मिनेटमै मोरक्कोले गोल फर्कायो। मोरक्कोको लागि इसा डियोपले हेडर मार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu