ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका धेरै ठाउँमा वर्षा, पश्चिमका केही जिल्लामा बाढीको जोखिम: सतर्क रहन आग्रह


एबीसी न्यूज
१७ असार २०८३, बुधबार   ७ : ४३   बजे

काठमाडौ, १७ असार । देशका सबैजसो ठाउँमा पानी परेको छ । पश्चिमका केही जिल्लामा बाढीको जोखिम छ । पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै कास्की लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ ।

पछिल्लो ६ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै ६७ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै दाङ र सिन्धुपाल्चोकमा ४० मिलिमिटर भन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढी बढीरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश तथा बागमती प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

हिजोदेखि नै पानी पर्नेक्रम शुरु भएको हो । गएको असार ५ गते पूर्वी भागबाट प्रवेश गरेको मनसुन हिजोदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । औसत मिति जुन १३ तारिखभन्दा ६ दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन १२ दिन लागेको हो । सामान्यतया नेपालमा प्रवेश गरेपछि देशभर फैलन एक हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको हो ।

अब भने देशका सबै भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसुनको प्रभाव शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu