धनुषा, २८ चैत । मनराशिसवा नगरपालिका – ६ मा मंगलबार सवारी जाँचका क्रममा ट्राफिक प्रहरी विन्देश्वर दासलाई स्थानीय बासिन्दाले कुटपीट गरका हुन् ।
बा. १९ प ४२४९ नम्बरको मोटरसाइकलमा रहेका ध्यानी सहनीलाई ट्राफिक प्रहरी दासले हेलमेट नलगाएको र सवारी साधनको कागजपत्र देखाउन भन्दा विवाद भएको थियो ।
विवाद बढ्दै जाँदा हातपात भएपछि ट्राफिक प्रहरी दाससँगै रहेका अर्का प्रहरीले मोटरसाइकल चालक सहनीलाई पक्राउ गरेर स्थानीय बलबा प्रहरी चौकीमा लगेका थिए । त्यसपछि एक्लै रहेका ट्राफिक प्रहरी दासलाई १५–२० जनाको समूहमा आएका स्थानीयले कुटपीट गरेका हुन् । कुटपीटमा संलग्न रहेको आरोपमा पक्राउ परेका स्थानीयबासिन्दा २९ वर्षका सत्रोहन सहनीलाई वलवा नगरपालिका वडा नम्बर – ६ का वडा अध्यक्ष र यहि नगरपालिकाका वडा नम्बर – ४ का वडाअध्यक्ष प्रमोद कुमार यादवको रोहवरमा बुधबार उपस्थित गराउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी नवरत्न पौडेलले जानकारी दिनुभयो । कुटपीटबाट घाइते भएका ट्राफिक प्रहरी दास जलेश्वर अस्पतालमा उपचार गराई कार्यालय फर्किनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्