काठमाडौं, २८ चैत । जिल्लास्तरका करिब दुई दर्जन सरकारी कार्यालयहरु आजबाट खारेज भएका छन् । खारेज भएका सरकारी कार्यालयहरुका चलअचल सबै सम्पत्ति आज देखी स्थानीय तह मातहत आएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्रसिंह तामाङका अनुसार खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति जिल्ला समन्वय समिति (जिससं) प्रमुखको संयोजकत्वमा गठित समितिमार्फत हस्तान्तरण हुनेछ ।
खारेजीमा परेका जिल्ला सरकारी कार्यालयहरुमा कृषि, डिभिजन सहकारी, खानेपानी, वन, सिंचाइ, भूसंरक्षण, जनस्वास्थ्य, महिला विकास लगायत छन् । यसैगरी सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत, नापी, भूमिसुधार कार्यालय पनि खारेज भएका छन् ।
जिल्ला शिक्षा कार्यालय भने आगामी असारसम्म कायमै रहने तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्