सल्यान, २८ चैत । सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ ।
मंगलबार साँझ ७ बजेतिर कपुरकोट ३ पाखापानीका खिमेन्द्र सेनलाई कपुरकोट बजारबाट घरतर्फ मोटरसाइकलमा जानेक्रममा सर्पले बजार नजिक बाटो छेकेको थियो ।
त्यसपछि सेन मोटरसाइकलबाट झरेर केही व्यक्तिलाई सर्पले बाटो छेकेको खबर गरेका थिए । पछि सन ग ८ प ६८२९ नम्बरको सेनको मोटरसाइकलमा चढेर झरेको थियो । रा ३ प २४११ नम्बरको मोटरसाइकलमा पनि त्यही सर्प चढेको थियो । सर्प मोटरसाइकलको सिटको मुनीतिरको खाली ठाउँमा बसेको थियो ।
सर्प मोटरसाइकलमा बसेपछि स्थानीयले कौतुहलताका साथ मंगलबार रातभरि बसेर हेरेका थिए ।
प्रतिक्रिया दिनुहोस्