ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता


एबीसी न्यूज
६ श्रावण २०८३, बुधबार   २ : १०   बजे

काठमाडौं ६ साउन । विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेका छन् । 
बुधवार विपक्षी दलहरुले सरकारको मनसुनजन्य विपद् व्यवस्थापन पूर्वतयारी कमजोर रहेको आरोप लगाउँदै प्रश्ताव दर्ता गराएका हुन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रुपमा प्रश्ताव दर्ता गराएका हुन् । सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले मनसुन शुरु भइसक्दासमेत सरकारले प्रभावकारी पूर्वतयारी गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले गत वर्ष मनसुनका कारण १ सय ४० भन्दा बढी नागरिकको ज्यान गएको र १४ हजारभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै यस्ता घटनाबाट हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको बताउनु भयो । हाल राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण समेत नेतृत्वविहीन रहेको उल्लेख गर्दै उहाँले विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले सरकारलाई नागरिकको जिउधनको सुरक्षाप्रति थप जिम्मेवार र संवेदनशील बनाउन सार्वजानिक महत्वको प्रश्ताव संसदमा दर्ता गराएको उहाँले जानकारी दिनुभयो । विपद्को असर सबै समुदायमा समान नपर्ने उल्लेख गर्दै उहाँले गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, जनजाति लगायतका समूहका आवश्यकतालाई ध्यानमा राखेर पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वसूचना प्रणाली, उद्धार सामग्री, उद्धारकर्मीको तयारी, बजेट व्यवस्थापन तथा स्थानीय तहसम्म समन्वय संयन्त्रको प्रभावकारिताबारे सरकारले संसदलाई स्पष्ट पार्नुपर्ने उहाँको माग छ ।

नेपाल कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक मदनकुमारी शाहले जलवायु परिवर्तनका कारण यसवर्ष मनसुनबाट हुने क्षतिको जोखिम थप बढेको बताउनु भयो । सरकारले राष्ट्रिय कार्ययोजना बनाएपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उहाँको भनाई छ । उहाँले सरकारलाई जिम्मेवार बनाउन ध्यानाकर्षण प्रश्ताव दर्ता गरिएको जानकारी दिनुभयो । उहाँले पनि विपद् व्यवस्थापनको नेतृत्व गर्ने संस्था हाल नेतृत्वविहीन रहेकोले पनि मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी फितलो हुन पुगेको बताउनु भयो । लगातार वर्षा, पहिरो र नदीको जलस्तर बढिरहेको उल्लेख गर्दै उहाँले विगतका कमजोरी दोहो¥याउन नदिन सरकारको ध्यानकर्षण गराईएको बताउनु भयो ।

नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले बाढीपहिरोको जोखिम बढ्दै गइरहेका बेला सरकारको तयारी पर्याप्त हुनुपर्नेमा जोड दिनुभयो । तर हाल सरकारको तयारी कमजोर रहेको उहाँको भनाई छ । उहाँले मनसुनजन्य जोखिमहरु भदौमा बढी हुने गरेको उल्लेख गर्दै विपद् पूर्वतयारीका विषयमा सरकारको ध्यानाकर्षण गराउन सबै दलको तर्फबाट प्रश्ताव दर्ता गरिएको बताउनु भयो । उहाँले देशका सबै भू–भागमा सम्भावित विपद्को समान रूपमा पूर्वतयारी, उद्धार र राहत व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले काठमाडौंबाट हटाइएका भूमिहीन सुकुम्बासीहरू अहिले होल्डिङ सेन्टरमा बसिरहेकाले मनसुनका बेला उनीहरूको सुरक्षा सुनिश्चित गर्ने योजना पनि सरकारले ल्याउनुपर्ने बताउनुभयो । सरकारलाई थप जिम्मेवार बनाउन संयुक्त ध्यानाकर्षण प्रश्ताव दर्ता गरिएको उहाँको भनाई छ ।

नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रश्तुत गर्नुभएको सार्वजानिक महत्वको प्रश्तावमा काँग्रेसकै प्रमुख सचेतक परियार, नेकपाकी प्रमुख सचेतक शाह, एमाले सांसद पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले सर्मथन गरेका हुन् । प्रश्तावमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको र विगतका विपद्मा ठूलो जनधनको क्षति भएको तथ्याङ्क प्रश्तुत गरिएको छ । सरकारले हरेक वर्ष विपद् आएपछि मात्र उद्धार र राहतमा ध्यान दिने गरेको भन्दै विपक्षी दलहरुले समयमा नै पूर्वतयारी गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu