ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस


एबीसी न्यूज
७ श्रावण २०८३, बिहिबार   ३ : ३८   बजे

रामेछाप, ७ साउन । नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस बिहीबार उनको जन्मथलो रामेछापको भँगेरीमा पुष्पलालप्रति श्रद्धा व्यक्त गर्दै मनाइएको छ ।

नेकपा एमाले रामेछापको आयोजनामा भएको कार्यक्रममा भँगेरीमा रहेको शहीद गंगालाल र नेकपाका संस्थापक महासचिव पुष्पलालको सालिकामा पुष्पगुच्छा चढाएर स्मृति दिवस मनाइएको एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए ।

कार्यक्रम नेकपा एमाले रामेछापका कार्यवाहक अध्यक्ष होतराज ढकालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै ढुङ्गेलले पुष्पलाल दूरदर्शी नेता भएको बताए । उनले नेपालमा लोकतन्त्र स्थापनाको लागि कम्युनिष्ट र कांग्रेस मिल्नुपर्छ भन्ने पुष्पलालको दृष्टिकोणकै कारण नेपालमा बहुदल र गणतन्त्र प्राप्त भएको स्मरण गराए । बाम–लोकतान्त्रिक गठबन्धन हुनुपर्छ भन्दा पुष्पलाललाई गद्दार भनिएको भए पनि कालान्तरमा उहाँको दृष्टिकोण सत्य साबित भएको उनले बताए ।

ढुङ्गेलले आज फेरि नेपालमा बामशक्ति एक ठाउँमा उभिनु पर्ने बेला आएको बताउँदै वामपन्थीको लोकप्रियताकै कारण अहिले बामपन्थीमाथि सामाजिक सञ्जालमार्फत आक्रमण भएको बताए ।

अहिले फेरि पनि एमालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू तथा संविधान निर्माता शक्तिहरू एक भएर जानु पर्छ भन्ने मान्यता राखेको स्पष्ट पारे । ‘को को देशी विदेशी शक्तिको जाल भित्र पर्छन्, जाल भित्र पस्नेहरु यो मान्यतामा आउँदैनन्, को को जालमा पर्छन् हेर्दै जाउँला, तर नेकपा एमाले सबैलाई मिलाएर जानुपर्छ भन्ने मान्यतामा छ, नेकपा एमाले सबैलाई मिलाएर लैजानु पर्छ भन्ने अडानमा रहेको छ’, ढुंगेलले भने ।

एमाले कहाँ कहाँ रूपान्तरण भएर जानुपर्छ त्यहाँ रूपान्तरण हुन एमाले तयार रहेको उनले बताए । देशको रक्षा गर्ने, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने कुरामा एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा एमालेका प्रदेश कमिटीका नेताहरू, जनप्रतिनिधि, जिल्ला कमिटीका नेताहरू, जनसंगठनका नेताहरू, नगर, गाउँ र वडा कमिटीका नेताहरू लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu