ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी


एबीसी न्यूज
७ श्रावण २०८३, बिहिबार   ८ : २६   बजे

काठमाडौं, ७ साउन । प्रधानमन्त्री बालेन शाहले सरकार गठनको प्रारम्भिक चरणमा अपनाएको कूटनीतिक दूरीको नीतिबाट पछि हट्दै परराष्ट्र मन्त्रालयको औपचारिक संयन्त्रभन्दा बाहिरबाट कूटनीतिक पहल अघि बढाएको दाबी गरिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) जुलाईको पहिलो साता भारत पुगेर भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए। उक्त भेटबारे परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी नदिइएको र छलफलको विषयसमेत मन्त्रालयलाई थाहा नभएको बताइएको छ।

यससँगै प्रधानमन्त्री शाहले काठमाडौंस्थित भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै ‘वान–अन–वान’ भेटवार्ताको तयारी पनि थालेको दाबी गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार यस विषयमा औपचारिक जानकारी नआएपछि मन्त्री शिशिर खनालले नै प्रमुख सल्लाहकार बेनसँग जानकारी लिएका थिए।

प्रधानमन्त्रीको यो परिवर्तनका पछाडि तीन मुख्य कारण उल्लेख गरिएको छ।

पहिलो, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र भारतसँगको सम्बन्ध तथा पार्टीभित्रको शक्ति सन्तुलन;

दोस्रो, भारतीय सञ्चारमाध्यममा सरकारबारे आएका नकारात्मक समाचार;

तेस्रो, सुकुम्बासी व्यवस्थापन, राहदानी छपाइलगायत विषयमा बढेको घरेलु आलोचना।

यस्तै, प्रधानमन्त्री शाहले आर्थिक क्षेत्रमा पनि सक्रियता बढाउँदै निजी क्षेत्रका उद्योगी–व्यवसायी, लगानीकर्ता तथा विभिन्न व्यावसायिक संघसंस्थासँग नियमित छलफल गरिरहेको उल्लेख गरिएको छ। ती अधिकांश छलफलमा अर्थमन्त्री वा अर्थ मन्त्रालयको प्रत्यक्ष संलग्नता नरहेको दाबी समाचारमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu