ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा


एबीसी न्यूज
७ श्रावण २०८३, बिहिबार   ९ : ००   बजे

काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अग्रजलाई सम्मान र नयाँलाई उत्साहित बनाएर पार्टीलाई नयाँ उचाइमा पुर्‍याइने बताएका छन्।

बिहीबार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान कार्यक्रममा सभापति थापाले पार्टीलाई प्रविधि, आधुनिक चिन्तन र नयाँ पुस्ताको भावना अनुसार अगाडि बढाउनुपर्ने भन्दै अग्रजलाई सम्मान र नयाँलाई उत्साहित बनाएर पार्टीलाई नयाँ उचाइमा पुर्‍याइने बताए।

उनले बीपी स्मृति दिवसको नाममा संस्थापनइतर समूहले गरेको कार्यक्रममा निन्दा प्रतियोगिता चलेको भन्दै कटाक्ष गरे। संस्थापनइतर कार्यक्रमलाई नसुन्नु नै उपयुक्त लागेर आफूले वेवास्ता गरेको उनको भनाइ छ।

त्यस्तै सभापति थापाले वर्तमान सरकारको क्रियाकपालप्रति पनि असन्तुष्टि जनाए। उनले प्रधानमन्त्रीलाई कालो चस्मा र कालो वस्त्र लगाउन छुट रहेपनि काला कर्तुत गर्न छुट नरहेको स्पष्ट पारे। संवैधानिक निकायलाई आफ्नो दबाबमा राख्न खोजेको भन्दै उनले अख्तियारलाई आफ्नो सचिवालयको छाया बनाउन खोज्नुभएको होरु भन्दै प्रश्न गरे।

उनले सरकार संविधानभन्दा बाहिर हिंड्न खोजेको आरोप लगाए। सभापति थापाले राहदानी प्रकरणपछि सरकारमाथि केही प्रश्न उठेको भन्दै संसद खोल्ने बितिकै कांग्रेसले यस विषयमा सदनमा आवाज उठाउने बताए।

सभापति थापाले विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीका अवसर पारेर भाद्र २४ गते ‘एनसी फर एनसी’ नामक नयाँ अभियान सुरु गर्ने घोषणा गरे। उनले बिरामी भएर जटिल अवस्थामा उपचारमा रहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरे। उक्त निर्णय आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुख अर्याल स्वास्थ्य परीक्षणपछि निवास फर्किए

संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu