ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी


एबीसी न्यूज
८ श्रावण २०८३, शुक्रबार   १ : १६   बजे

काठमाडौँ, ८ साउन । संघीय संसद्‌का सदस्य ९सांसद०हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता डा. प्रेमराज सिलवालले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रतिनिधिसभाका सभामुखलगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् । उक्त रिटमा यही साउन ११ गतेका लागि पेसी तोकिएको छ ।

रिटमा सरकारको उक्त निर्णय तथा राजपत्रमा प्रकाशित सूचनालाई उत्प्रेषणको आदेशद्वारा खारेज गर्न र आवश्यक परमादेश जारी गर्न माग गरिएको छ ।

सरकारले गत २०८३ साउन ४ गते राजपत्रमा सूचना प्रकाशित गरी ुसंघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ु को अनुसूची हेरफेर गर्दै सांसदहरूलाई समेत १ जना निजी स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको थियो ।

रिटमा उक्त पदका लागि कुनै स्पष्ट योग्यता, क्षमता, अनुभव वा परीक्षा नतोकिएको र काम, कर्तव्य र अधिकारसमेत स्पष्ट नभएकाले यो निर्णय कानूनविपरित रहेको दाबी गरिएको छ ।

संघीय संसद्का ३३४ र प्रदेशसभाका ५५० गरी कुल ८८४ सांसदका स्वकीय सचिवलाई मासिक औसत ६० हजार रुपैयाँका दरले पारिश्रमिक दिँदा वार्षिक ६३ करोड ६४ लाख ८० हजार रुपैयाँ र ५ वर्षमा ३ अर्ब १८ करोड २४ लाख रुपैयाँभन्दा बढी खर्च हुने रिटमा उल्लेख छ ।

कानून र वस्तुगत औचित्यविना राज्यकोषबाट यति ठुलो रकम खर्च गर्नु भ्रष्टाचारजन्य कार्य भएको जिकिर निवेदकको छ ।

विगतमा सांसदका स्वकीय सचिवहरू रातो पासपोर्ट काण्ड, भुटानी शरणार्थी काण्ड, सुन तस्करीमा जोडिएको र सांसदहरूले आफ्नै नातेदार वा निकट व्यक्तिहरूलाई मात्र भर्ती गर्ने संस्कृति रहेको दाबी रिटमा गरिएको छ । यसअघि २०८२ असोज ५ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले यो व्यवस्था खारेज गरेको पृष्ठभूमि पनि रिटमा समेटिएको छ ।

देशमा रोजगारीको अभावमा लोकसेवा आयोगका नयाँ पदपूर्तिहरू रोकिने तर सांसदका लागि अनावश्यक रूपमा स्वकीय सचिव नियुक्त गरी व्ययभार थप्ने कार्य न्यायपूर्ण नभएको तर्क गरिएको छ ।

साथै, देशमा भौतिक संरचनाको पुनर्निर्माण र नागरिकका आधारभूत आवश्यकता ९गाँस, बास, कपास० सम्बोधन गर्नुपर्ने आर्थिक दबाब मुलुकमाथि रहेको अवस्थामा यो निर्णय अनुचित भएको जिकिर गरिएको छ ।

रिट निवेदकले यो व्यवस्थाले संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १८ को समानताको हकको उल्लंघन गरेको दाबी गरेका छन् ।

यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै तत्काल सुनुवाइ गर्न अग्राधिकार प्रदान गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

सम्बन्धित

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu