ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायण नगरपालिका दैलेखमा १ करोड खर्चमा उपप्रमुखकै असन्तुष्टि


एबीसी न्यूज
२८ चैत्र २०७४, बुधबार   ८ : ०३   बजे

चैत्र २८ , दैलेख । दैलेखका ११ वटै स्थानीतहमा कार्यालय ब्यवस्थापनको लागि आएको ११ करोड रुपयाँको सहि सदुपयोग नभएको भन्दै निर्वाचित प्रमुखहरुले नै असन्तुष्टि जनाएका छन् । ११ वटै तहमा आएको ११ करोड रकम मध्ये अधिकाँस स्थानमा ५० लाख सम्म खर्च गरिएको जनप्रतिनिधीहरु बताउछन् ।

पदैलेखको नारायण नगरपालिका कार्यालयले आफ्नो कार्यालय व्यवस्थापनमा गरेको १ करोड खर्च रकमबारे उपप्रमुख एवं कार्यवाहक नगरप्रमुख सावित्रि मल्लले नै असन्तुष्टि जनाएकीछिन । संचारकर्मीहरु सँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मल्लले कार्यालय व्यवस्थापनको लागि आएको १ करोड खर्च रकम मध्ये उपप्रमुखको कार्यकक्षमा गरिएको खर्च लगायतको खर्चको पूर्ण बिवरण सहित चित्त बुझ्दो जावाफ नआएकोले आफ्नो कार्यकक्षको सामान नबुझेको बताएकी छन् ।

पुरानो नगर पालिका भएकोले यस कार्यालयमा भौतिक पूर्वाधार सवै भएको हुदा नया खरिद गर्दा पुरानो सामान कहाँ हजुरहरुले पनि यस्ता रकमको बारेमा खोजी गरिदिनुप¥यो, संचारकर्मीलाई आग्रह गर्दै मल्लले भनिन् आफुले हरेक योजनाहरुको बारेमा अनुगमन गरेर सार्वजनिक सुनुवाई मार्फत आम नागरिकहरुलाई विकासप्रति चित्तबुझ्दो जवाफ नआएसम्म रकम भुक्तानी नदिने घोषणा समेत गरेकी छु ।

नारायण नगरपालिकाले हरेक योजनाको फरफारक गर्दा सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई र संचारकर्मीहरुको अनुगमन पश्चात भुक्तानी दिने र संचारमैत्री नगरपालिका निर्माण गर्नेमा आफु निरन्तर लागिरहने मल्लले बताईन् ।
नारायण नगरपालिका दैलेखले भने १ करोड खर्च रकमको हिसाव संचारकर्मीहरुलाई जानकारी गराएको छ । आएको १ करोड रकम मध्ये ५४ लाख रुपैयाँ वडा कार्यालय सहित नगरपालिकाको कार्यालय व्यवस्थापनमा खर्च भएको छ भने ४५ लाख रुपैयाँ बचत भएको बताइएको छ ।

नगरपालिकाले दिएको बिवरण अनुसार मोटरसाइकल खरिद, टेवुल, स्टिल दराज, सोफा, कार्पेट, मेसिन मर्मत, ल्यापटप, कम्प्युटर, पिन्टर खरिद लगायतमा ५४ लाख रकम खर्च गरिएको देखाइएको छ । निर्वाचित जनप्रतिनिधिहरुले १ करोड रकम सँगै दैलेख शिरिस्थान सडक र सदरमुकाममा भएको सडकको खर्चको पूर्ण विवरण समेत माग गरेको बताएका छन् ।
दैलेखका अन्य १० वटा स्थानीय तहमा कार्यालय व्यवस्थापनका लागि गरिएको खर्चको रकमबारे पनि बेला बेलामा चर्चा हुने गरेको र अन्य १० वटा स्थानीय तहका सरकारहरुले पनि खर्च बिवरण सार्वजनिक गर्नुपर्ने नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र के.सी.ले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group