ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कीर्तिमानी आरोही पुर्जासहित ६ नेपालीको निधन, प्रधानमन्त्री बालेनले व्यक्त गरे श्रद्धाञ्जली


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   १० : २४   बजे

काठमाडौं । किर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्सदाइ) को निधन भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) ले शनिबार सामाजिक सञ्जालमार्फत पुर्जासहित ६ जना नेपालीको तस्वीरसहित श्रद्धान्जली व्यक्त गरेपछि पुर्जासहित सबै नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ ।

प्रधानमन्त्री शाहले पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका पुर्जासहित नेपाली पर्वतारोहीहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।

श्रद्धाञ्जली व्यक्त गर्दै प्रमुख शाहले साहस, अनुशासन र मानवताको सेवामा समर्पित आरोहीहरूले विश्वसामु नेपालीको पहिचानलाई उच्च बनाएको उल्लेख गरेका छन् । उनले हिमालले नेपालीलाई विश्वभर गर्व दिलाएको भन्दै जोखिमपूर्ण यात्रामा ज्यान गुमाउने आरोहीहरूको योगदान सदैव स्मरणीय रहने बताएका छन्।

शाहले ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका पुरबहादुर गुरुङ (युक्त), निर्मल पुर्जा (निम्सदाइ), निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नावाङ थिन्दु शेर्पाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले यी आरोहीहरू विश्वका सर्वोच्च शिखरहरूमा नेपालको झण्डा फहराउने साहसी व्यक्तित्व भएको उल्लेख गर्दै उनीहरूको साहस, समर्पण र योगदान नेपाली पर्वतारोहण इतिहासमा सधैँ सम्मानका साथ स्मरण गरिने बताएका छन्।

साथै, दुर्घटनामा ज्यान गुमाएका आरोहीका शोकसन्तप्त परिवार, आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति उनले गहिरो समवेदना व्यक्त गरेका छन्।

ब्रड पिकमा आएको शक्तिशाली हिमपहिरोले नेपालीसहित विभिन्न देशका आरोही प्रभावित भएका छन्। दुर्घटनापछि सञ्चालन गरिएको खोजी तथा उद्धार अभियान निरन्तर जारी रहेको छ।

बिहीबार ब्रड पिकको शिखरतर्फ करिब ६ हजार ६ सय मिटर उचाइमा उक्लिरहेका बेला भएको थियो। टोलीसँग अन्तिम सम्पर्क बिहीबार बिहान भएको थियो भने सोही दिन साँझ शक्तिशाली हिमपहिरो गएको पुष्टि भएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

कीर्तिमानी यात्रामा हिमपहिरो

ब्रोड पिकको काखमा अस्ताएका कीर्तिमानी आरोही निर्मल पुर्जा को हुन् ?

श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री बालेनले भने– निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ

ब्रोड पिकमा निर्मल पुर्जासहित १० आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

विश्वलाई ‘नथिङ इज इम्पोसिबल’ सिकाउने निम्सदाइ हिमालमै अस्ताए

‘ब्रड पिक’ हिमपहिरो : प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu