ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रोड पिकमा निर्मल पुर्जासहित १० आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त


ABC NEWS
१७ श्रावण २०८३, आइतबार   १० : २४   बजे

काठमाडौँ, । प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी पर्वतारोही निर्मल पुर्जा सहितका आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

विश्वको १२ औँ अग्लो (आठ हजार ५१ मिटर) ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा पुर्जासहित छ जना नेपाली (पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा) र अन्य चार जना विदेशी आरोहीको हिमपहिरोमा परी दुःखद निधन भएको घटनाले आफूलाई स्तब्ध बनाएको उहाँले बताउनुभएको छ।

दिवङ्गत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना प्रकट गर्नुभएको छ। “दिवङ्गत आरोहीको भौतिक यात्रा मात्र रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,” उहाँले भन्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गर्नुभएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

भोटेकोशी बाढी प्रभावितको उद्धारमा सक्रिय हुन रास्वपा सभापति लामिछानेको निर्देशन

नारायणी र राप्तीको दोभानमा सेनाको खोजी जारी, ७० शव फेला

भोटेकोसी बाढीपछि २१६ विदेशी पर्यटकको सेनाले हेलिकोप्टरमार्फत उद्धार गर्‍यो

भोटेकोसी बाढीमा हराएका २६१ विदेशी पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

डीएनए विश्लेषण र शवको व्यवस्थापन लागि सरकारले माग्यो विदेशी सहयोग

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu