चितवन । बाढी प्रभावित चितवनको नारायणी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।
भदौ १० गते बिहान बाढी आएलगत्तै श्री नयाँ गोरख गणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार अभियान सुरु गरेको गणपति प्रमुख सेनानी राजेन्द्र बानियाँले बताए ।
उनका अनुसार खोजीका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गोलाघाट, दिव्यपुरी, गजिपुरलगायत विभिन्न स्थानबाट हालसम्म ७० वटा शव फेला परेका छन् ।
फेला परेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाइएको बानियाँले जानकारी दिए ।
बाढीले नारायणी नदीमा बगाएर ल्याएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदीका विभिन्न क्षेत्रमा निरन्तर निगरानी तथा खोजी गरिरहेको छ ।
नारायणी नदीको पानीको बहाव, नदीको फैलावट तथा आसपासको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्