ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय तहमै संयुक्त राष्ट्रसंघको अभ्यास, पोखरामा ६ जिल्लाका ३०० विद्यार्थी सहभागी


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

पोखरा । पोखराको मासबारस्थित मदरल्यान्ड माध्यमिक विद्यालयले विद्यालय तहका विद्यार्थीमा नेतृत्व, कूटनीतिक सोच र अन्तर्राष्ट्रिय विषयप्रतिको बुझाइ विकास गर्ने उद्देश्यसहित आठौँ संस्करणको मोडेल युनाइटेड नेशन्स (Model UN) सम्मेलन आयोजना गरेको छ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कास्कीसहित ६ जिल्लाका करिब ३०० विद्यार्थी सहभागी भएका छन्। सहभागी विद्यार्थीहरूलाई आठ समूहमा विभाजन गरी विभिन्न देशको प्रतिनिधित्व गराउँदै संयुक्त राष्ट्रसंघको महासभा शैलीमा समसामयिक अन्तर्राष्ट्रिय मुद्दामाथि बहस गराइनेछ।

मदरल्यान्ड माविको आयोजना तथा नेपाल–अमेरिका अलुम्नाई नेटवर्क (नुसान) को संयोजनमा आयोजित कार्यक्रममा कक्षा १२ सम्मका विद्यार्थी सहभागी छन्।

कार्यक्रम संयोजक बामन घिमिरेले संयुक्त राष्ट्रसंघमा हुने छलफल, निर्णय प्रक्रिया र विश्वव्यापी मुद्दाबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए। उनका अनुसार यस अभ्यासले नेतृत्व क्षमता, तार्किक सोच, सहकार्य र कूटनीतिक संवादको सीप विकास गर्न सहयोग पुग्नेछ।

नुसान गण्डकी संयोजक विभूति न्यौपानेले विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै बहसमा सहभागी हुँदा विद्यार्थीको ज्ञान र दृष्टिकोण फराकिलो बन्ने विश्वास व्यक्त गरिन्।

नुसानका सदस्य दीपेन्द्र श्रेष्ठले सानै उमेरमा संयुक्त राष्ट्रसंघको कार्यशैली बुझ्ने अवसर विद्यार्थीका लागि महत्त्वपूर्ण रहेको बताए। अर्का सदस्य सन्तोष पौडेलले युवापुस्तामा विश्व राजनीति र कूटनीतिप्रति रुचि बढाउन यस्ता अभ्यास आवश्यक रहेको उल्लेख गरे।

विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले सम्मेलनमार्फत विद्यार्थीले विश्वव्यापी समस्या समाधान, अन्तर्राष्ट्रिय वार्ता, सहमति निर्माण तथा कूटनीतिक सम्बन्धबारे व्यवहारिक अनुभव हासिल गर्ने बताए।

प्राचार्य डा. नारायण बरालका अनुसार विद्यालयले परीक्षामुखी शिक्षासँगै जीवनोपयोगी सीप विकासलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्लस टु इन्चार्ज नारायण आचार्यले पनि मोडेल यूएनजस्ता अभ्यासले विद्यार्थीमा सार्वजनिक बोलाइ, विश्लेषण क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने बताए।

कार्यक्रममा सहभागी पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्यले विद्यार्थीमा बहस संस्कृति र तार्किक सोच विकास गर्न यस्ता अभ्यास प्रभावकारी हुने धारणा व्यक्त गरे।

उल्लेखनीय रूपमा, गत माघमा मदरल्यान्ड माविका ६ विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसंघको नमूना सभामा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत पाएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

पुस्तकालय, खुलाउन सरकारसँग बौद्धिक समुदायको आग्रह

खेर जाने कृषि अवशेषबाट बुद्धसम्बन्धी कलाकृति निर्माण, स्थानीय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजको उत्कृष्ट सफलता, विद्यार्थीले बनाए राष्ट्रिय र विश्वस्तरीय कीर्तिमान

प्रवेश परीक्षा दिन गएका विद्यार्थीको भवनबाट हामफालेर मृत्यु

तनाब व्यवस्थापन र जीवन जीउने कलाबारे प्रशिक्षण

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu