ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजको उत्कृष्ट सफलता, विद्यार्थीले बनाए राष्ट्रिय र विश्वस्तरीय कीर्तिमान


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

काठमाडौं । ललितपुरको चाकुपाटस्थित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले एसीसीए (ACCA) जुन २०२६ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपाल र विश्वस्तरमा नयाँ सफलता हात पारेका छन्।

ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा एसीसीएको ‘प्लाटिनम एप्रुभ्ड लर्निङ पार्टनर’ र लाइसेन्स प्राप्त कम्प्युटर–बेस्ड एक्जामिनेशन सेन्टरका रूपमा परिचित कलेजका विद्यार्थीहरूले विभिन्न विषयमा नेपाल प्रथमसहित विश्वका उत्कृष्ट स्थानमा नाम दर्ज गराएका हुन्।

‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा सहारा मगिया नेपाल प्रथम र विश्वमा आठौँ स्थानमा रहिन्। ‘स्ट्रेटेजिक बिजनेस लिडर’मा नेहा खतिवडा नेपाल प्रथम र विश्वमा १८औँ, तथा ‘स्ट्रेटेजिक बिजनेस रिपोर्टिङ’मा आशुतोष शर्मा नेपाल प्रथम र विश्वमा ११औँ स्थान हासिल गर्न सफल भएका छन्।

त्यसैगरी, ‘एड्भान्स्ड ट्याक्सेसन’मा आशास्वी कुमारी श्रेष्ठ नेपाल दोस्रो र विश्वमा १७औँ, ‘पर्फमेन्स म्यानेजमेन्ट’मा शेलिश्मा सिवाकोटी नेपाल तेस्रो र विश्वमा १३औँ, तथा ‘स्ट्रेटेजिक बिजनेस रिपोर्टिङ’मा राकेश साह नेपाल दोस्रो र विश्वमा १३औँ स्थान हासिल गर्दै कलेजको गौरव बढाएका छन्।

विद्यार्थीहरूको उपलब्धिप्रति खुसी व्यक्त गर्दै ब्रिटिश एजुकेशन ग्रुपका हेड अफ प्रोफेशनल एजुकेशन दीपेन्द्र के. श्रेष्ठले सफलताको श्रेय विद्यार्थीहरूको मेहनत, समर्पण र अनुभवी शिक्षकहरूको प्रभावकारी मार्गदर्शनलाई दिएका छन्।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस नतिजाले ब्रिटिश प्रोफेशनल कलेजको शैक्षिक उत्कृष्टतालाई पुनः प्रमाणित गरेको उल्लेख गर्दै सफल विद्यार्थीहरूलाई बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।

कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षण प्रणाली, आधुनिक पूर्वाधार र अनुभवी प्राध्यापकमार्फत लेखा तथा वित्तीय क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाएको छ। साथै, सेप्टेम्बर २०२६ इनटेकका लागि भर्ना खुला भइसकेको र इच्छुक विद्यार्थीहरूले कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन सक्ने जानकारी पनि दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

पुस्तकालय, खुलाउन सरकारसँग बौद्धिक समुदायको आग्रह

खेर जाने कृषि अवशेषबाट बुद्धसम्बन्धी कलाकृति निर्माण, स्थानीय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य

विद्यालय तहमै संयुक्त राष्ट्रसंघको अभ्यास, पोखरामा ६ जिल्लाका ३०० विद्यार्थी सहभागी

प्रवेश परीक्षा दिन गएका विद्यार्थीको भवनबाट हामफालेर मृत्यु

तनाब व्यवस्थापन र जीवन जीउने कलाबारे प्रशिक्षण

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu