ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दमा कुनै विवाद छैन : नेता नेम्वाङ


एबीसी न्यूज
२९ चैत्र २०७४, बिहिबार   ६ : ०३   बजे

 झापा, २९चैत।  नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताउनुभएको छ ।

प्रेस चौतारी झापाले  बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सानातिना मतभेदलाई दुवै पार्टीका अध्यक्ष बसेर टुंग्याइने बताउनुभयो । “हिजोका जश अपजश आपसमा स्वीकारेर पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” नेम्वाङले भन्नुभयो – “वैशाख ९ भित्रै पार्टी एकता हुन्छ । यसमा अब कुनै सन्देह र दुविधा छैन ।”

चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दका विषयमा कुनै विवाद नरहेको स्पष्ट पार्दै नेता नेम्वाङले भन्नुभयो, “दुवै पार्टीका चुनाव चिह्न सम्पत्ति हुन् । सहमतिका आधारमा तिनको प्रयोग र व्यवस्थापन हुन्छ । हिजोका उपलब्धिलाई दुवै पार्टीले आत्मसात् गरेको विषय हो ।”

नेता नेम्वाङले भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राखेर मुलुक समृद्धिको बाटोमा अघि बढ्ने समेत बताउनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमण चर्चामा मात्रै सीमित नरहेको र स्वयं भारतीय प्रधानमन्त्रीको सम्बोधनले धेरै कुरा प्रष्ट्याएको उहाँको भनाइ थियो । “विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन हुन्छ,” उहाँले भन्नुभयो – “भारतले पनि यसमा आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने

सेयर कारोबारी दिपेन्द्र अग्रवालसँग जोडिएका आफन्त र साझेदारका बैंक खाता तथा सम्पत्ति रोक्का

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्‍यो

ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाउने व्यवस्था ल्याउँदै सेबोन

छ वर्षदेखि जग्गा रोक्का, मुआब्जा नपाएपछि पूर्व–पश्चिम रेलमार्ग प्रभावित जग्गाधनी आक्रोशित

चोलेन्द्रशम्शेर राणाको महाभियोगमा ‘धमिजा काण्ड’को नजिर : वरिष्ठ अधिवक्ताको तर्क– ‘संसद्को प्रस्ताव आफैं निष्क्रिय हुँदैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu