काठमाडौं, २९ चैत्र। सरकारले मंगलवार महानिरीक्षक पदमा नियुक्त गरेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले बिहीबार बिहान दर्ज्यानी चिह्न पाएका छन् ।
खनालद्धयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा आईजीपी खनालद्वयले देश र जनताका लागी समर्पित भएर काम गर्ने बताउनुभयो । उहाँहरुले सरकारको काम कारवाहीलाई सहयोग गर्दे अघि बढ्ने धारणा पनि राख्नुभयो । उहाँहरुले बिहीबारै आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वेन्द्र र शैलेन्द्रलाई महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बुधबार ३० बर्षे सेवा अवधिबाट अनिवार्य अवकाश पाउनुभएको थियो ।
नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएका छन् । नेपाल प्रहरीका वर्तमान अर्याल र श्रेष्ठसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्