ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी


ABC NEWS
१९ श्रावण २०८३, मंगलबार   ५ : ५५   बजे
खलङ्गा (दार्चुला) –  दार्चुलाको दुर्गम व्यास गाउँपालिका–२, दुम्लिङका बासिन्दाले अझै पनि ज्यानको बाजी लगाएर महाकाली नदी वारपार गर्नुपर्ने बाध्यता छ । सडक सुविधाबाट टाढा रहेको यो बस्तीमा बालबालिकादेखि बिरामी र ज्येष्ठ नागरिकसम्मले नेपाल–भारत जोड्ने अस्थायी अवैध तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
दुम्लिङबाट भारततर्फको गर्बाधार जोड्ने यो तुइन स्थानीय बासिन्दाको लागि अनिवार्य मार्ग बनेको छ । उपचार, शिक्षा, रोजगारी र दैनिक उपभोग्य सामान ओसार्न यही तुइन नै एकमात्र सहारा हो । वर्षात्मा नदीको बहाव बढ्दा जोखिम अझै बढ्छ ।
३१ वर्षदेखि सुनिएन जनताको गुनासो
वडाअध्यक्ष धिरन बुढाथोकीका अनुसार २०५२ सालदेखि नै यहाँ झोलुङ्गे पुल निर्माणको माग उठाइँदै आएको छ, तर ३१ वर्ष बितिसक्दा पनि सरकारले यसलाई सम्बोधन गर्न सकेको छैन । ‘तुइनको जोखिमपूर्ण यात्रा गर्नु रहर होइन, बाध्यता हो,’ उनले भने, ‘जनताको माग ३१ वर्षसम्म पनि सरकारले सुनिदिएन ।’
दुम्लिङसम्म वर्षायाममा गाडी सञ्चालन हुने सडकको सुविधा छैन । पैदल हिँड्नसमेत निकै जोखिम हुने गरेको स्थानीय प्रभात बुढाथोकी बताउँछन् ।
तुइनमा ३६ जनाको ज्यान गयो
तुइन तरेर महाकाली वारपार गर्ने क्रममा हालसम्म यहाँका ३६ जनाले ज्यान गुमाइसकेका छन् । वडा कार्यालयको रेकर्डअनुसार विसं २०५० देखि २०८२ असार ३१ गतेसम्म २३ जनाको मृत्यु भएको उल्लेख छ, बाँकीको रेकर्ड भेटिएको छैन ।
बेपत्ता हुनेहरूमा दुम्लिङका सीता बुढाथोकी, हिमशिखा बुढाथोकी, जयसिंह बुढाथोकी, बरुसिंह बुढाथोकी, बिनिता बुढाथोकी, लक्ष्मी भण्डारी बुढाथोकी, विमला जोहारी, जसपाल लोहार, सिन्दल भण्डारी, सचिन बुढाथोकी, नारायण बुढाथोकी, व्यास–३ का भवानसिंह कुँवर, किस्मा धामी, देवसिंह धामी, इन्द्रसिंह धामी, भूपेन्द्रसिंह धामी, कुशलसिंह बुढाथोकी, वसन्ती कामी, रोहित कामी, जयसिंह धामी, महाकाली नगरपालिकाका बिरा लोथ्याल, हुम्लाका कैलाश लामा र भारतको गर्भाधारका महिमन गब्र्यालसमेत छन् ।
तुइन तरेर भारतको बाटो हुँदै सदरमुकाम खलङ्गा आउन एकदेखि डेढ घण्टा मात्र लाग्छ भने नेपालतर्फ गाडीमा एक दिन र हिँडेर दुई दिन लाग्छ । भारततर्फ कालोपत्रे सडक छ भने नेपालतर्फ सुन्सेराभन्दा माथिको क्षेत्रमा गाडी चल्न सक्ने अवस्था छैन ।
नजिकै लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–६ उकु, व्यास–२ मालगाउँ, व्यास–४ मलघट्टे र व्यास–६ बडूगाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि दुम्लिङका ११५ घरधुरीका १०५ परिवार अझै तुइनकै भरमा छन् । श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष रमेश जोहारीले दुम्लिङमा पुल निर्माणका लागि पार्टीले पहल गरिरहेको बताएका छन् ।
स्थानीय बासिन्दाले दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिदिन सरकारसँग पुनः माग गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिममा एक महिनामै लागुऔषधसहित १६० जना पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै, नाउपाका ६ सांसद अनुपस्थित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu