ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय तहमा थपिँदै आठ नयाँ पाठ्यक्रम, कुल सङ्ख्या तीन सय नाघ्यो


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   ६ : ०५   बजे
काठमाडौँ । विद्यालय तहमा आठ वटा नयाँ पाठ्यक्रम थपिने भएका छन् । पाठ्यक्रमको मसौदा तयार पारेर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरिएको छ । यससँगै कक्षा १ देखि १२ सम्मका लागि निर्माण गरिएको पाठ्यक्रमको कुल सङ्ख्या तीन सयभन्दा बढी पुगेको छ ।
शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को हालैको बैठकले आठ वटा नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरेको हो । शिक्षामन्त्रीकै अध्यक्षतामा बैठक बसे पनि कानुनी व्यवस्थाअनुसार अन्तिम स्वीकृतिका लागि मन्त्रालयमा नै पेस गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषद्का सदस्यसचिव युवराज पौडेलले यसबारे जानकारी दिएका छन् ।
कुन–कुन विषय ?
थपिने नयाँ पाठ्यक्रममध्ये आधारभूत तह (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषय परेका छन् । माध्यमिक तह (कक्षा ९–१०) मा जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम सिफारिस गरिएको छ ।
त्यसैगरी उच्च माध्यमिक तह (कक्षा ११–१२) मा संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मसौदा तथा विधिशास्त्र र नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम थपिँदै छन् ।
मन्त्रालयले अन्तिम स्वीकृति दिएपछि यी पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रियामा जानेछन् ।
तीन सय पार, तर कार्यान्वयन अलपत्र
नयाँ सिफारिस गरिएका समेत जोड्दा विद्यालय तहको कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको पाठ्यक्रम तीन सयभन्दा बढी पुगेको छ । तर निर्माण गरिएका सबै पाठ्यक्रम विद्यालयमा पढाइ हुन सकेका छैनन् ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेका अनुसार विज्ञ तथा सरोकारवालाबाट आएका सुझाव र मागका आधारमा नयाँ पाठ्यक्रम बनाइने गरिन्छ । तर कुनै पाठ्यक्रममा विद्यार्थी अभाव त कुनैमा पढाउने जनशक्ति नहुँदा कतिपय पाठ्यक्रम कार्यान्वयन हुन नसकेको केन्द्रको भनाइ छ ।
केन्द्रको काम मागका आधारमा पाठ्यक्रम निर्माण मात्रै गर्ने भएकाले कार्यान्वयनको जिम्मेवारी आफ्नो नभएको घिमिरेले बताए ।
किन यति धेरै पाठ्यक्रम ?
एउटै विषयका लागि पनि तहअनुसार फरक–फरक पाठ्यक्रम बनाउनुपर्ने भएकाले सङ्ख्या बढेको हो । उदाहरणका लागि नेपाली विषयको पाठ्यक्रम कक्षा १–३ का लागि एक प्रकारको, कक्षा ४–५ का लागि अर्को, कक्षा ६–८, ९–१० र ११–१२ का लागि पनि छुट्टै–छुट्टै बनाउनुपर्ने हुन्छ ।
राज्यको लगानीमा निर्माण गरिएका पाठ्यक्रम कार्यान्वयन नहुँदा सरोकारवालाबाट समय–समयमा आलोचना हुने गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरामा ग्यास आपूर्तिमा समस्या, सिलिन्डर बोकेर लाइनमा सर्वसाधारण

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सम्बन्धित

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय बन्द भएको ११२ दिन, तत्काल खोल्न नेविसंघको माग

पुस्तकालय, खुलाउन सरकारसँग बौद्धिक समुदायको आग्रह

खेर जाने कृषि अवशेषबाट बुद्धसम्बन्धी कलाकृति निर्माण, स्थानीय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजको उत्कृष्ट सफलता, विद्यार्थीले बनाए राष्ट्रिय र विश्वस्तरीय कीर्तिमान

विद्यालय तहमै संयुक्त राष्ट्रसंघको अभ्यास, पोखरामा ६ जिल्लाका ३०० विद्यार्थी सहभागी

प्रवेश परीक्षा दिन गएका विद्यार्थीको भवनबाट हामफालेर मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu