काठमाडौं, २९ चैत्र। सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले ऐन नियमअनुसार इमान्दारीतापूर्वक काम गर्ने र उपलब्ध स्रोत साधनको परिचालन गरेर सशस्त्रको प्रहरी बललाई आधुनिकीकरण गर्ने बताउनुभयो ।
खनालले आतंककारी गतिविधि र समाजमा खलल पुर्याउने कामलाई रोक्नका लागि क्रियाशील हुने समेत बताउनुभयो। त्यसका लागि आवश्यक नीति नियम निर्माणमा जोड दिने उहाले बताउनुभयो । महानिरीक्षक खनालले पनि गृहमन्त्रालयको ८२ बुँदे कार्ययोजनालाई अनुसरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले ६ महिना वा एक वर्ष वा मासिक कार्ययोजना बनाएर काम गर्न सुझाव दिनुभएको छ । उहाँले कर्मचारीहरुको वृत्ति विकासमा ध्यान दिन पनि सुझाव दिनुभएको थियो।
प्रतिक्रिया दिनुहोस्