ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   १० : १५   बजे

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयमार्फत सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब दिने व्यवस्था गरे पनि तीन महिना बितिसक्दा उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन। कानुनी संशोधनबिना सुरु गरिएको यो व्यवस्था हाल ‘परिपाटी’को रूपमा मात्र सीमित देखिएको छ।

गत वैशाख ४ गते अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै सरकारी कर्मचारीको तलब मासिकको सट्टा अर्धमासिक अर्थात् १५–१५ दिनमा भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहालद्वारा हस्ताक्षरित उक्त पत्रमा अर्थमन्त्रीस्तरीय निर्णयअनुसार आवश्यक व्यवस्था गर्न भनिएको थियो।

तर, निजामती सेवा ऐन, २०४९ को दफा २८ मा कर्मचारीले ‘प्रत्येक महिना भुक्तान भएपछि’ तलब तथा भत्ता पाउने स्पष्ट व्यवस्था छ। कानुन संशोधन नगरी मन्त्रीस्तरीय निर्णयबाट नयाँ व्यवस्था लागू गरिएको भन्दै यसको कानुनी आधारमाथि प्रश्न उठ्न थालेको छ।

यस विषयमा उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजालले यो व्यवस्था ऐन संशोधनभन्दा पनि सम्बन्धित मन्त्रालयको निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको बताए।

“हामीले प्रणाली सुधार गरेर १५ दिनमा पनि तलब भुक्तानी गर्न सकिने व्यवस्था गरिसकेका छौं। सम्बन्धित कार्यालयले माग गरे १५ दिनमै तलब जान्छ, माग नगरे पुरानै प्रणालीअनुसार मासिक रूपमा भुक्तानी हुन्छ,” उनले भने।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कम्प्युटराइज्ड गभर्नमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मा आवश्यक सुधार गरी १५ दिन वा एक महिनामध्ये जुनसुकै मोडेलमा तलब भुक्तानी गर्न सकिने प्रणाली तयार गरिएको छ।

यद्यपि व्यवहारमा भने अधिकांश कर्मचारीले १५ दिनमा तलब पाएका छैनन्। बाह्रखरीसँग कुरा गरेका विभिन्न सरकारी कर्मचारीहरूले हालसम्म अर्धमासिक तलब नपाएको र बैंक खातामा रकम आएको सूचना पनि नआएको बताएका छन्।

“१५–१५ दिनमा तलब आउने भनिएको थियो, तर अधिकांश कर्मचारीको खातामा त्यस्तो व्यवस्था लागू भएको देखिएको छैन,” एक कर्मचारीले बताए।

महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश तथा अन्य संघीय कार्यालयबाट १५ दिनमा तलब भुक्तानीको माग नै नआएकाले यो व्यवस्था व्यापक रूपमा कार्यान्वयन हुन नसकेको हो।

अर्थमन्त्री वाग्लेले वैशाख १६ गतेदेखि अर्थ मन्त्रालयअन्तर्गतका कर्मचारीलाई १५ दिनमै तलब दिने व्यवस्था सुरु गरेका थिए। त्यसपछि क्रमशः सबै सरकारी कर्मचारीमा यो प्रणाली विस्तार गरिने घोषणा गरिएको थियो।

सरकारको दाबी थियो कि कर्मचारीको हातमा महिनामा दुई पटक पैसा पुग्दा उपभोग खर्च बढ्ने र त्यसले सुस्त अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ।

प्रदेश सरकार सकारात्मक छैनन्

संघीय सरकारले सुरु गरेको १५ दिनमा तलब दिने व्यवस्था प्रदेश सरकारहरूका लागि बाध्यकारी नभएको देखिएको छ। उपमहालेखा नियन्त्रक रिजालले प्रदेश सरकारले आफ्नो निर्णय आफैं गर्न सक्ने बताए।

यता, कोशी प्रदेश सरकारले भने आइतबारको सार्वजनिक बिदा हटाउने तयारी थालेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसबारे चाँडै निर्णय हुने संकेत दिएका छन् भने सामाजिक सञ्जालमार्फत सर्वसाधारणको रायसमेत संकलन गरिरहेका छन्।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गरी आइतबार पनि सरकारी कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

यससँगै संघीय सरकारले अघि सारेका १५ दिनमा तलब भुक्तानी र सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था प्रदेश तहमा भने अपेक्षित रूपमा कार्यान्वयन हुने संकेत देखिएको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

WHO Chief Warns Ebola Outbreak in DR Congo Is Accelerating

Federal Judge Rejects Alex Murdaugh’s Lawsuit Against Former Clerk

U.S. Refunds $100 Billion in Tariffs Struck Down by Supreme Court

Jharkhand Students Plan to Protest State Assembly Over Exam Irregularities

Major Highways Disrupted by Monsoon-Induced Floods and Landslides in Nepal

Jharkhand Finance Minister Urges Student Protestors to Engage in Dialogue

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu