काठमाडौं । पहाडी भेगमा निरन्तर वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । बिहीबार (साउन २१) मध्याह्न १२ बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख नौ हजार ५१० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए ।
योसँगै ब्यारेजका २८ ढोका खोलिएको उनले बाह्रखरीसित बताए । हाल कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ ।
कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्