ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   १ : ५५   बजे

 

काठमाडौं । उपचारका लागि हङकङमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २९ गतेअघि नै स्वदेश फर्किने भएका छन्। कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि तीव्र भइरहेका बेला देउवा राष्ट्रिय भेलामा सहभागी हुन नेपाल फर्किन लागेका हुन्।

देउवाका स्वकीय सचिव भानु देउवा ले साउन २९ गतेअघि नै उनी नेपाल आइपुग्ने जानकारी दिए। यद्यपि, फर्किने निश्चित मिति भने अझै तय नभएको उनले बताए।

“साउन २९ गते अगाडि नै आउनुहुन्छ। तर, डेट फिक्स भइसकेको छैन,” भानु देउवाले बताएका छन्।

देउवा निकट नेताहरूले साउन २९ गते राष्ट्रिय भेला आयोजना गरेका छन्। उक्त भेलामा देउवाको उपस्थितिलाई विशेष महत्वका साथ हेरिएको छ। त्यसैले उनी निर्धारित कार्यक्रमअघि नै स्वदेश फर्किने तयारीमा रहेको स्रोतहरूले बताएका छन्।

पछिल्लो समय कांग्रेसभित्र संगठनात्मक गतिविधि र आगामी राजनीतिक रणनीतिबारे छलफल तीव्र भइरहेका बेला देउवाको स्वदेश फिर्तीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राष्ट्रिय भेलामा पार्टीको आन्तरिक एकता, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

हङकङमा स्वास्थ्य उपचार गराइरहेका देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको निकट स्रोतहरूले जनाएका छन्। उनी स्वदेश फर्किएलगत्तै पार्टीका शीर्ष नेताहरूसँग परामर्श र राजनीतिक भेटघाटलाई तीव्रता दिने तयारीमा रहेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

भदौ ७ अघि टीकापुर घटनाको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न रास्वपा सांसदको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Bolivia Arrests Political Consultant Linked to Right-Wing Leaders After Attack on Activist

AI-Generated Legislation Overwhelms US Congressional Lawyers

Renowned Nepali Poet Durgalal Shrestha Honored With State Funeral

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

भदौ ७ अघि टीकापुर घटनाको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न रास्वपा सांसदको माग

काभ्रेमा बर्डफ्लु संक्रमणपछि ९० हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu