बागलुङ/पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ खौलारमा जिप र ट्याक्सी एकआपसमा ठोकिदा पाँच जना घाईते भएका छन् ।
खौलारबाट खर्वाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ ज ००७३ नम्बरको जिप र न्वारबाट खारतर्फ जाँदै गरेको ध १ ज ११२८ नम्बरको ट्याक्सी खौलारमा एकआपसमा ठोकिंएर दुर्घटना हुँदा चार जना घाईते भएका हुन् ।
दुर्घटनामा ट्याक्सी चालक बडिगाड गाउँपालिका–५ का २६ वर्षिय अनिल पुन घाइते भएको र उपचारको लागि बुर्तिबाङ अस्पताल पठाइएको खार प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्याम सुन्दर शाहले जानकारी दिए ।
घाईतेहरुमध्ये तीन जनाको अहिले बडिगाड आधारभुत अस्पतालमा उपचार भईरहेको छ । ढोरपाटन नगरपालिका–१ की २४ वर्षिय बिना पुन काउचा, बडिगाड गाउँपालिका–५ न्वार की ६० वर्षिय मिना आचार्य र ढोरपाटन नगरपालिका–४ का ६१ वर्षिय ख प्रसाद गोतामे सामान्य घाईते भएको प्रहरी प्रमुख शाहले बताए । घाइतेहरको निधार, खुट्टा र शरीरको भित्री भाग चोट लागेको छ ।
जिप चालक निसीखोला गाउँपालिका–५ का २३ वर्षिय किरण विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्