ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आदिवासी दिवस विविधताको पर्व हो’


ABC NEWS
२३ श्रावण २०८३, शनिबार   ९ : ०५   बजे

काठमाडौँ । यस वर्ष ‘अनरिङ इन्डिजिनिअ् मिडवाइब्स सेफगार्डिङ लाइफ वेल्बिङ’ अर्थात् आदिवासी प्रसूतिकर्मीको सम्मान : जीवन र सुस्वास्थ्यको सुरक्षा’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ ३२ औँ विश्व आदिवासी दिवस मनाइँदैछ ।

नेपाल आदिवासी जनजाति महासङ्का अध्यक्ष निमा ह्योल्मो लामाले विश्व आदिवासी दिवसका अवसरमा आदिवासी समुदायको हक, अधिकार एवम् अभौतिक सांस्कृतिक सम्पदा प्रवर्धनका लागि प्रदर्शन लगायतका औपचारिक कार्यक्रमसँगै विभिन्न विषयगत वैचारिक बहसका कार्यक्रम श्रृङ्खलाबद्धरुपमा आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले विश्व आदिवासी दिवस विविधताको पर्वको रुपमा रहेकाले यो वर्ष पनि विगतमा जस्तै महासङ्घ सम्बद्ध सबै जातिय संस्थाहरुले आ–आफ्नो सांस्कृतिक भेषभूषा, बाजागाजा, नृत्य, कला प्रदर्शन गरेर उत्सवको रुपमा मनाउन लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वभरीको आदिवासी जनजातिहरुले आफ्नो पहिचान, अधिकार, भाषिक संरक्षण लगायतका अधिकारको सवालमा अहिलेको स्थिती के छ ? यसैगरी, अन्तर्राष्ट्रियरुपमा पनि नेपालका आदिवासी जनजातिहरुको स्थिती के छ ? हाम्रो मानव अधिकारको स्थिती के छ भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमै सुसूचित गराउने । त्यति मात्रै नभइकन नेपालका आदिवासी समुदायको आफ्नै भेषभूषामा, आफ्नै बाजागाजासहित र्यालीका साथ आफ्नो डाइभर्सिटी, यो विविधताको पर्वको रुपमा पनि यसले मनाउने गरेको हुनाले यसको महत्व एकदमै ठुलो छ ।”

उहाँले यस वर्ष सांस्कृतिक झाँकी प्रदर्शन तथा औपचारिक कार्यक्रमसँगसँगै विषय विज्ञ र सरोकारवालाबिच विषयगत छलफल हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आदिवासी जनजातिको बाजागाजा, परिकार यो अभौतिक सांस्कृतिक सम्पदा पनि रहेछ । यो अमूर्त सांस्कृतिक सम्पदाको एकै ठाउँमा डिस्प्ले हुने भएको हुनाले अहिले फेरि कोइन्सिडेन्स पनि छ, संसदमा यही सेसनमा इन्ट्यान्जिबल कल्चरल हेरिटेजको एउटा विधेयक आएको छ । अभौतिक सांस्कृतिक सम्पदाको विधेयक अहिले संसदमा छलफलको लागि विचाराधीन अवस्थामा छ ।”

३२ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासङ्कका अध्यक्ष निमा ह्योल्मो लामासँग गोरखापत्र अनलाइनका लागि सपना थामी र मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो संवाद :

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

सम्बन्धित

CJP Leader Welcomes RSS Chief’s Support for Student Protesters

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

शक्ति प्रदर्शनको अनौठो शैली : नागरिक, व्यवसाय र प्रेससँग बढ्दो दूरी

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

सडकको ‘आइकन’ देखि ‘स्टेट्सम्यान’ : एक असाधारण उदयको साधारण पतन?

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu