काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज र सरल बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले राजनीतिमा सत्ता र नेतृत्वमा पुग्न विभिन्न गतिविधि तथा चुनौतीको सामना गर्नुपर्ने बताए ।
उनले राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढा–मेढा बाटो’ पार गर्नुपर्ने अवस्था आउने बताए ।
‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैँमा एउटा डर्टी गेम हो,’ उनले भने, ‘यसमा अष्टावक्रझैँ टेढा–मेढा बाटाहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ ।’
अध्यक्ष ठाकुरले राजनीतिमा टिकिरहन र अघि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धारणा पनि राखे ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्