काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार तेह्रथुमको लालीगुराँस–९ स्थित मध्यपहाडी लोकमार्गमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–९ डुम्रेमा लेदोसहितको पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ।
इलाम नगरपालिका–९ मा हिलोका कारण मेची राजमार्गमा यातायात प्रभावित भएको छ भने भोटेकोसीका जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
रसुवाको उत्तरगया–५ मा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड बन्द भएको छ।
त्यस्तै रुकुम पश्चिमको आठबिसकोट–६ स्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पहिरोसहितको लेदो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्