ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवानगञ्ज घटनामा संलग्न आशंकामा केही व्यक्ति नियन्त्रणमा, अनुसन्धान जारी


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   १० : ४५   बजे

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले घटनामा संलग्न हुन सक्ने आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिएका हुन्।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै नियन्त्रणमा लिइएकाहरूको पहिचान सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। डीएसपी खड्काका अनुसार उनीहरू घटनामा वास्तवमै संलग्न थिए वा थिएनन् र उनीहरूको भूमिका के थियो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ।

देवानगञ्जमा भएको घटनालाई उत्तेजित बनाउन, आगजनी गर्न वा अन्य हिंसात्मक गतिविधि फैलाउन उनीहरूको भूमिका रहे–नरहेको अनुसन्धानबाट पुष्टि हुने प्रहरीले जनाएको छ। साथै, सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले सार्वजनिक गरेका सूचना आधिकारिक नभएको भन्दै प्रहरीले त्यस्ता सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश सदस्य दिपेन्द्र मेहताले केही युवाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनीहरू देवानगञ्ज घटनासँग सम्बन्धित रहेको दाबी गरेका छन्। तर, प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम, समुदाय तथा अन्य विवरण भने सार्वजनिक गरेको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जो बाइडेनको क्यान्सर हड्डीभन्दा अगाडि फैलिएको दाबी, छोरा हन्टरले भने– ‘अत्यन्त पीडादायी’

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

सम्बन्धित

नेप्से ३५ अंकले घट्दा तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढ्यो

समस्याग्रस्त सहकारीमा करोडभन्दा बढी बचत गर्नेले स्वघोषणा फारम भर्नुपर्ने

भारतमा प्रतिबन्ध, नेपालमा तस्करी : स्थानीय चिनी गोदाममा थन्किँदा  भारतीय चिनीको भरमा बजार

सुनको मूल्य ३ लाख नाघ्यो, एकैदिन तोलामा ४ हजार ८ सयले वृद्धि

बढ्दो एनपीएलले बैंकिङ प्रणालीमा दबाब, अर्थतन्त्र सुधार्न समग्र रणनीति आवश्यक

‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ यस वर्ष लघुकथाकार अल्पविरामलाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu